अवैध पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ

काठमाडौँ । नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित काठमाडौँबाट पक्राउ परेका छन् ।

शनिबार साँझ नागार्जुन नगरपालिका–१०, रानीवनबाट दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले बरामद गरेको प्रहरी अधिकारीले जनाएका छन् । उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

यसैबीच नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले नेपाली सेनाका सिपाही खड्का अवैध पेस्तोल सहित पक्राउ परेको खबर आएको तर प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेकाले सेनाले यस विषयमा पछि छलफल गर्ने जानकारी प्रशासनलाई दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button