निःशुल्क तालिमले बल्यो दिलमायाको आशाको दियो
गन्तब्यमिलन घिमिरे । रामेछाप । ।सुकिला हात, हातैभरि चुरा, आँखामा गाजल, ओठमा मन्द लिपस्टिक । जिउडाल सुहाउँदो पोसाक, बजारमा ‘फेसन’ बनेका चप्पलमा सजिएर बसेकी दिल माया । यसरी चिटिक्क परेर आफ्नै पेसा व्यवसायमा रमाउला कमाउला भनेर आज भन्दा १ वर्ष पहिले सम्म कहिल्यै सोचिनन् दिल माया थामीले । त्यो सोचुन् पनि कसरी ? दिनभर ज्याला मजदुरीमा कुद्नै फूर्सद् थिएन उनलाई।…
Read More »अवैध पेस्तोलसहित नेपाली सेनाका सिपाही पक्राउ
ब्यानर न्युजकाठमाडौँ । नेपाली सेनाका एक सिपाही अवैध पेस्तोलसहित काठमाडौँबाट पक्राउ परेका छन् । शनिबार साँझ नागार्जुन नगरपालिका–१०, रानीवनबाट दैलेखको भगवतीमाई गाउँपालिका–७ का २४ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । गोप्य सूचनाका आधारमा खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले बरामद गरेको प्रहरी अधिकारीले जनाएका छन् । उनी सेनाको…
Read More »एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छ– प्रधानमन्त्री केपी ओली
ब्यानर न्युजकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् ।गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन् । उनले भने–’नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक…
Read More »आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
ब्यानर न्युजकाठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक समिति सचिवालय सिंहदरवारमा अहिले केहिबेरमा बस्ने समितिले जनाएको छ । बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अरजरबैजानको…
Read More »रास्वपाको सडक आन्दोलन
ब्यानर न्युजकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि सडक आन्दोलन गर्ने भएको छ । आज दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने भएको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले बताए । ‘हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको निर्णय अनुसार आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइनेछ‚’ उनले भने बताएको छ । सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ…
Read More »मुस्लिम समुदायको बीएमसम्मेलनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसँग ५ बुदेँ माग
ब्यानर न्युजभैरहवा । मुस्लिम समुदायको अधिकारको सुरक्षा गर्न तहफ्फुजे हुकुके मुस्लिम व तालीमी वेदारी प्रदेश सम्मेलन भएको छ ।ओल्मा काउन्सिल नेपाल रुपन्देहीको आयोजनामा भैरहवाको मिडटाउन पार्टी प्यालेसमा भएको सम्मेलनले प्रदेश सरकारसँग मुख्यतया ५ वटा विषय उठान गरी सम्बोधनका लागि आग्रह गरेका छन । काउन्सिलका केन्द्रीय अध्यक्ष शैयद गुलाम हुसेनले प्रदशेमा करिब ४ सय बढि मदरसाहरु रहेकोले यस्को व्यवस्थापनमा प्रदेश सरकारले जोड…
Read More »सत्ता समीकरण दलहरुको बैठक बस्दै
ब्यानर न्युजकाठमाडौँ । आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन् ।
Read More »विद्युत प्राधिकरणले फेरी काट्न थाल्यो उद्योगको विद्युत लाइन
ब्यानर न्युजकाठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको…
Read More »महामन्त्री गगन थापाको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता
ब्यानर न्युजकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । हाल भारत भ्रमणमा रहेका महामन्त्री थापाले विहिबार चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । महामन्त्री थापा नयाँ दिल्लीमा हुने एशियन क्लाइमेट समिटमा सहभागी हुन बुधबार दिल्ली पुगेका हुन् ।
Read More »बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
ब्यानर न्युजकाठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ्ग गाउँपालिका–१ काउले घर भई काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने ४३ वर्षीय हरी चन्द्र पौडेल र ३३ बर्षीय अर्जुन कुमार पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । जिल्ला अदालत सर्लाही मलंगवाको २०८१ भदौ २१ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले…
Read More »