ब्यानर न्युज

  • देशभरका कारागारमा योग शिविर


    काठमाडौँ । सरकारले देशभरका कारागारमा योगशिविर सञ्चालन गर्ने भएको छ । एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ।उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवं विपश्यना साधक कुबेरसिंह रानासहित सोमबार गृह…

    Read More »
  • भुटानी शरणार्थी प्रकरणः २२ प्रतिवादीको बहस सकियो


    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ प्रतिवादीको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ उच्च अदालत पाटनमा गत सातादेखि जारी छ ।मङ्गलवारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ भने अब सरकारी वकिलले बहस गर्ने छन् । उच्च अदालत पाटनका अनुसार शुक्रवार मात्र फैसला आउने सम्भावना छ ।

    Read More »
  • खाँणको गृह जिल्लामा काँग्रेस नेताहरुको जिकिर, उहाँले न्याय पाउनुहुन्छः देउवा


    बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण अन्यायमा परेको दाबी कांग्रेस नेताहरुले गरेका छन् ।खाणको गृह जिल्ला रुपन्देहीमा मंगलबार कांग्रेसको प्रथम जिल्ला सम्मेलन उदघाटन सत्रमा बोल्दै कांग्रेस नेताहरूले खाण निर्दोष रहेको जिकिर गरे । उनीहरूले खाणलाई विभिन्न तत्वले फसाएको आरोप लगाउँदै रिहाइका लागि पार्टीले पहल गर्नुपर्ने बताए ।सम्मेलनमा पार्टी सभापति…

    Read More »
  • गुम्देलको सुन्दरता पर्यटकलाई देखाउन जरुरी छ – कान्छाराम


    रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति एवम् संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले बाम्तिभण्डार सम्मको सडक कालो पत्रे गर्न पहल गर्ने बताएका छन् । सांसद कान्छारामले शिवालय–चुचुरे–देउराली–बाम्तीभण्डार जोड्ने मुख्य सडक कालो पत्रे गर्न पहल गर्ने बताएका हुन् ।सोमबार बुद्धको मूर्ति अभिषेक तथा नवनिर्मित बौद्ध गुम्बा उद्घाटन गर्न उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा पुगेका सांसद कान्छारामले गुम्देल प्राकृतिक रूपमा सुन्दर,…

    Read More »
  • सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प


    सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ।मंगलबार राती ८ बजेर ४५ मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

    Read More »
  • धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई गर्‍यो कारबाही


    काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ वटा कम्पनीलाई कारबाही गरेको छ ।बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराएको हो ।बोर्डको इतिहासमै पहिलो पटक यति धेरै सूचीकृत कम्पनीलाई एकसाथ कारबाही गरिएको हो । वित्तीय विवरण बुझाउन एक दिन ढिला भएका कम्पनीलाई समेत कारबाहीस्वरुप जरिवाना तिराइएको बोर्डले…

    Read More »
  • आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई काठमाडौँ पस्न रोक


    काठमाडौँ । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँ आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो । प्रसाईँ आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको बताइएको छ । त्यहाँ केहीबेर वादविवाद भएको थियो । तर,…

    Read More »
  • देशभरिका ७४ वटै कारागारमा योग शिविर चलाइने


    काठमाडौँ। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरिका कारागारमा योगशिविर सञ्चालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपाश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपाश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको…

    Read More »
  • दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ


    काठमाडौं । मेडिकल व्यवसायी एवं गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईंका स्वकीय सचिवलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरेको हो। उनीसहित १५ जना अहिले प्रहरी हिरासतमा छन्। यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो। उनी त्रिशूल बोकेर प्रदर्शनमा…

    Read More »
  • प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सब-इन्जिनियर हर्षलाल चौधरी, योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरीसहित नौ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन…

    Read More »
Back to top button