समाचार
आगोको झिल्कोसँगै उड्यो राताटारवासीको खुसी
रामेछाप नगरपालिका–९ राताटारबासीको खुसी छिनभरमै खरानी भयो । गत बिहीवार सोही वडाको हर्देनी सामुदायिक बनबाट बस्तीमा पसेको आगोको झिल्कोसँगै राताटारवासीमाथि बज्रपात भयो । छिनभरमै बस्ती खरानीमा परिणत भयो । सिङ्गो गाउँमा सन्नाटा छायो । आगोको मुस्लोले हेर्दाहेर्दै थलोमा बाँधिएका पशु चौपायाहरूको प्राण लियो । पशु चौपाया बाँधिएका थलो वधशालामा परिणत भयो ।खरकै छानोलाई टिनमा बदल्ने सपना बोकेर पैसा बटुल्दै राखेका…
Read More »अध्यक्ष कप : लिखु गाउँपालिका ए र चम्पादेवी गाउँपालिका फाइनलमा प्रबेश
ओखलढुंगा, चैत ३ । लिखु गाउँपालिकामा संचालन भएको अध्यक्ष कप २०८० पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हिजो सम्म भएको खेलमा पुरुष तर्फ आयोजक लिखु गाउँपालिका टिम ए र चम्पादेवी गाउँपालिका फाइनल प्रबेश गरेको छ । लिखु ए ले चिशंखुगढी गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । चम्पादेवी गाउँपालिकाले पनि सेमिफाईनलमा लिखु तामाकोशी गाउँपालिका…
Read More »‘प्रचण्ड धोकेबाज हुन्’–राणा
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बहानाका लागि बहाना बनाएर गठबन्धन तोडेको काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद उदय शमशेर राणाले बताए। प्रधानमन्त्री दाहालले विवादमा आएको मन्त्री हटाउन पर्छ भन्ने प्रस्ताव ल्याएका थिए । काँग्रेसले विवादित मन्त्रीहरू परिवर्तन गर्न खोजेको पनि थियो । तर उनले एक्कासि गठबन्धन टुटाए– राणाले भने ।उनले भने –अहिले बनेको मन्त्री मण्डलमा झन् विवादित मन्त्रीहरू छन् ।…
Read More »टारगाउँको आगलागीले करोड बढी क्षति
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं. ९ मा बिहीबार लागेको आगोले करोड भन्दा बढी क्षति भएको छ । आगलागीले १२ परिवार घर विहीन बनेका छन् । राताटार स्थित रहेको हरदेनी पाखा सामुदायिक वनमा आगलागी हुँदा हावाहुरीको कारण उक्त आगो मानव बस्ती तर्फ सल्किन जाँदा आगोलागिबाट ठुलो क्षति भएको छ ।आगलागीबाट महेशलाल तामाङको कच्ची घर, लत्ताकपडा, अन्नपात, भाडावर्तन, र नगद…
Read More »गठबन्धनको कारण नेता कार्यकर्तालाई सङ्कट परेको छ– राणा
रामेछाप । गठबन्धनको कारण नेता कार्यकर्तालाई सङ्कट परेको काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले बताएका छन् । निर्वाचनमा एक आर्कालाई भोट दिएर निर्वाचित भएको छिटै प्रधानमन्त्री प्रचण्डले भुलेको भन्दै झुटको खेती लामो समय सम्म नटिक्ने बताए । प्रधानमन्त्रीले विवादमा आएको मन्त्री हटाउन पर्छ भन्ने प्रस्ताव ल्याएको र काँग्रेसले विवादित मन्त्रीहरू पनि परिवर्तन गर्न खोजेको भए पनि…
Read More »आगो निभाउँदा घाइते भएका मगरको मृत्यु
रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ७ थान्सिङका ६१ वर्षीय कर्णबहादुर सारू मगरको उपचारको क्रममा चैत १ गते राति मृत्यु भएको छ । मगर गत फागुन २३ गते अग्लेश्वरी भगवती सामुदायिक वनमा लगको आगोे नियन्त्रण गर्ने क्रममा घाइते भएका थिए । मगरको कीर्तिपुर हस्पिटल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको सोही वडाका वडा सिरे तामाङले बताए ।
Read More »होटल तथा पर्यटन व्यवसायीको साधारण सभाको तयारी पुरा
रामेछाप । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले साधारण सभाको तयारी पुरा भएको छ । संघले बिहीबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी चैत ३ गते मन्थलीमा हुन लागेको चौथो साधारण सभाको सम्पूर्ण तयारी सकिएको बताएको छ । आयोजकले साधारण सभा मन्थली स्थित तीनलाल पार्कमा हुने बताएको छ।संघले साधारण सभामा १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरू र तिनका प्रतिनिधिहरूले…
Read More »उदयपुर बोलेरो दुर्घटना :आठ जनाको मृत्यु, नौ जना घाइते
उदयपुर।उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी चुहारको भिरबाट बोलेरो जिप खस्दा दुर्घटना भएका छ । धरानबाट घोडेटार भोजपुरतर्फ जाँदै को १ ज २५९३ नम्बरको जिप आज (बिहीबार) ११ बजेतिर दुर्घटना भएको हो । घटनास्थलमा सात र एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको छ । अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको…
Read More »टार गाउँमा आगलागी बाट १४ घर, १२ गोठ जलेर नष्ट
रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा आज (बिहिबार) बस्ती नै रित्तिने गरी भिषण आगलागी भएको छ । आगलागी बाट १४ घर, १२ गोठ जलेर नष्ट भएका छन् । आगलागी बाट ६० वटा खसीबाख्रा, २ वटा भैंसी र १ गोरुको जलेर मरेका छन् र अन्य केही पशु चौपाय घाईते भएको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए…
Read More »उदयपुरको मैनामैनीमा बोलेरो दुर्घटना सात जनाको मृत्यु, सात घाइते
उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनीमा भिरबाट बोलेरो जिप खस्दा ७ जनाको मृत्यु भएको छ भने ७ घाइते भएका छन्। भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ६ सय मिटर तल खसेर दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार ७ जनाको घटनास्थलमै मृत्यु भएको / ७ जना घाइते भएका र मृतकको सनाखत हुन बाँकी रहेको बताए…
Read More »