उदयपुर बोलेरो दुर्घटना :आठ जनाको मृत्यु, नौ जना घाइते

उदयपुर।उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी चुहारको भिरबाट बोलेरो जिप खस्दा दुर्घटना भएका छ । धरानबाट घोडेटार भोजपुरतर्फ जाँदै को १ ज २५९३ नम्बरको जिप आज (बिहीबार) ११ बजेतिर दुर्घटना भएको हो । घटनास्थलमा सात र एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको छ । अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का ४२ वर्षीय मानबहादुर बस्नेत, भोजपुर हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया की पर्वतमाया राई, भोजपुर हतुवागढी गाउँपालिका–२ का २३ वर्षीय चन्द्रप्रकाश राई र उनका ६ महिने छोरा डिसाङ राई, भोजपुर हतुवागढी गाउँपालिका–९ का ६८ वर्षीय पदमबहादुर थापा, भोजपुर हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई, सुनसरी इटहरी बस्ने ४५ वर्षीय कमल अधिकारी र भोजपुर हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राई उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
बोलेरो जिपमा क्षमताभन्दा धेरै यात्रु भएकाले ओरालोमा भिरबाट खसेको दुर्घटनामा परेको प्रहरीको अनुमान गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button