समाचार

  • ‘अहिलेको बजेटले देशमा दुर्गति निम्त्यायो’ : ओली


    रामेछाप । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटले देशमा दुर्गति निम्तिएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सोमबार साँझ रामेछापको मन्थलीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले ल्याएको बजेटले देशलाई अधोगतितिर धकेल्ने बाहेक केही काम नगरेको बताएका हुन् ।उनले भने, हरेक पटक नीति कार्यक्रमको बहस हुँदा हामीले यो उपयुक्त छैन भनेका छौँ, यो…

    Read More »
  • क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न २५ लाख धरौटी राख्नुपर्ने


    काठमाडौं । क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रति कारोबार स्थानको लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । क्यासिनोले २४ महिना अवधिको बैंक जमानत र इजाजतपत्र शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था गरेको हो ।…

    Read More »
  • यौन दुर्व्यवहार आरोपमा सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ


    सिन्धुपाल्चोक । आफैंले पढाउने दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ शिक्षक पक्राउ परेका छन्। जिल्लाको इन्द्रावती–६ को कमलादेवी माविका दुई शिक्षकहरुले सोही विद्यालयमा अध्ययनरत १४ वर्षका दुई छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् । ती दुई छात्राहरुले निवेदन दिएपछि सोही विद्यालयका शिक्षकहरू सुरेन्द्र कोइराला (वर्ष ४५) र कविराज पौडेल (४९ वर्ष)लाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको…

    Read More »
  • आईपीओमा १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन


    काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ)मा हालको १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ । बोर्ड सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । सदस्यमा बोर्ड सदस्य भोलानाथ ढुङ्गाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सहकार्यकारी निर्देशक अम्बिका गिरी छन् ।

    Read More »
  • अख्तियारको प्रवक्तामा सहसचिव नरहरि घिमिरे


    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेले पाएका छन् । सोही आयोगमा कार्यरत सहसचिव घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको आज एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो । उनले आजकै मितिबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् । साथै, प्रवक्तासँग सम्पर्क गर्नका लागि टेलिफोन ०१-५२६२२३ र मोबाइल नम्बर ९८५१२३३२८१ को व्यवस्था गरिएको छ ।

    Read More »
  • नातेदारले मात्र अङ्गदान गर्न पाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट


    काठमाडौँ । निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अङ्ग आदान-प्रदान गर्न पाइने कानुनी व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो कानुनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै मुद्दा दायर गरिएको हो । निश्चित आफन्त र नातेदारबाट मात्र अङ्गदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको दाबी गर्दै खेमबहादुर छन्त्याल र…

    Read More »
  • सूचीकृत कम्पनीले ‘लकइन’ खुल्नु ३० दिनअघि नै सूचना प्रकाशित गर्नुपर्ने


    काठमाडौँ । सूचीकृत कम्पनीले ‘लकइन’मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूलाई ‘लकिङ’ रहेको सेयरको ‘लकइन’ खुल्नुभन्दा ३० दिनअघि सूचना जारी गरेर सबैलाई जानकारी गराउन निर्देशन दिएको छ । गत शुक्रबार बसेको धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले उक्त निर्देशन जारी गर्ने निर्णय गरेको र…

    Read More »
  • एमालेको ‘संकल्प यात्रा’ आज मन्थली आईपुग्ने


    रामेछाप । नेकपा (एमाले) काे ’झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज मन्थली आईपुग्दै छ । नेकपा (एमाले) रामेछापले मन्थलीमा पत्रकार संमेलन गरी आज हुने ’झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको बारेमा जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ जानकारी दिए । अभियानको १२औं दिन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्व सहितको टोली धुलीखेल हुदै सिन्धुपाल्चोक, दोलखाबाट रामेछापको सदरमुकाम मन्थली स्थित…

    Read More »
  • जाजरकोट भूकम्पको एक महिना : पीडित अझै खुला आकाशमुनि


    जाजरकोट । गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गर्ल्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो। आर्थिक रूपमा विपन्न त्रिपालकै सहारामा खुला आकाश मुनि अनेकन पीडालाई लुकाउँदै बस्न बाध्य छन्। ‘राज्यले भूकम्प पीडितलाई अवास निर्माण गर्न रकम निकासा दिइसक्यो, अब अस्थायी टहरा निर्माण मङ्सिरभित्र हुन्छ’ भन्ने भनाइ सार्वजनिक भए पनि पीडित परिवारको खास…

    Read More »
  • सुनको मूल्य घट्यो, आज तोलामा कति ?


    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । शुक्रवार सुनको मूल्य तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य तोलाको एक हजार…

    Read More »
Back to top button