एमालेको ‘संकल्प यात्रा’ आज मन्थली आईपुग्ने

रामेछाप । नेकपा (एमाले) काे ’झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज मन्थली आईपुग्दै छ ।

नेकपा (एमाले) रामेछापले मन्थलीमा पत्रकार संमेलन गरी आज हुने ’झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको बारेमा जिल्ला पार्टी अध्यक्ष आनन्द श्रेष्ठ जानकारी दिए ।

अभियानको १२औं दिन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्व सहितको टोली धुलीखेल हुदै सिन्धुपाल्चोक, दोलखाबाट रामेछापको सदरमुकाम मन्थली स्थित तिन लाल पार्कमा समृद्धिका लागि संकल्प सभा हुनेछ ।

संकल्प यात्रामा आउने करिब ३०० जनाको टोली बेलुका मन्थलीमा बस्ने जनाईएको छ । समृद्धिका लागि संकल्प सभाको लागी संपुृर्ण तयारी समेत पुरा भएको अध्यक्ष श्रेष्ठले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button