समाचार

  • पार्टी फुट्नु हुन्न फुटे जता रुख उतै दिपक : सचिव खड्का


    रामेछाप । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौँमा आयोजना हुन लागेको विशेष महाधिवेशनलाई लक्षित गर्दै राजधानीमा व्यापक जनप्रदर्शनको तयारी भइरहेका बेला पार्टीभित्र आन्तरिक बहस र धारणा सार्वजनिक हुन थालेका छन् ।महाधिवेशनलाई लिएर ‘जेन–जी आन्दोलन’को नाममा पार्टी नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग उठिरहेका छन् । तर, कांग्रेसभित्र सबै नेता–कार्यकर्ता एउटै धारमा छैनन्…

    Read More »
  • युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी


    मस्को, रासस । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो । मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिउत्तरस्वरूप गरिएको…

    Read More »
  • मन्थली नगरपालिकाले गर्यो दुई प्रअ सम्मानित


    मन्थली नगरपालिकाको १८औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको छ। नगरसभाको अवसरमा नगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा शैक्षिक प्रशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उत्कृष्ट कार्यसम्पादन गर्ने प्रधानाध्यापकहरूलाई सम्मान गरिएको छ।नगरपालिकाले स्वीकृत गरेको प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार नियुक्त भई कार्यरत प्रधानाध्यापकहरू मध्येबाट कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरी भैरवी माध्यमिक विद्यालय, मन्थली–५, रामेछापका प्रधानाध्यापक दिनेश कुमार कार्की उत्कृष्ट प्रधानाध्यापकका रूपमा छनोट भएका हुन् ।…

    Read More »
  • नेकपा एमाले रामेछापमा सचिवालय गठन विवादपछि स्थगित, बिधि प्रक्रिया बाट टुङ्गो लगाउन असन्तुष्ट पक्षको माग


    रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापमा सचिवालय गठनलाई लिएर उत्पन्न विवादपछि हाललाई गठन प्रक्रिया स्थगित गरिएको छ भने पुनः विवाद उत्पन्न भएमा लोकतान्त्रिक विधिअनुसार सचिवालय गठन गर्ने सहमति भएको छ। जिल्ला कमिटीले विधि–विधान विपरीत आफ्ना आसेपासेलाई प्राथमिकता दिँदै गत पौष १९ गते जारी गरेको सर्कुलरप्रति व्यापक गुनासो र विरोध देखिएपछि पौष २१ गतेका लागि तय गरिएको सचिवालय बैठक स्थगित…

    Read More »
  • गोकुलगङ्गाका विद्यालय र कार्यालयहरुमा इ–हाजिरी


    रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले स्थानीय तहमा डिजिटल सुशासनको अभ्यासलाई अघि बढाउँदै गाउँपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी प्रणाली लागू गरेको छ। गत मंसिर १ गतेदेखि लागू गरिएको उक्त प्रणालीले कर्मचारी उपस्थिति व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने विश्वास पालिकाको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईका अनुसार हाल वडा कार्यालय र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूको इ–हाजिरी नियमित रूपमा प्रयोगमा…

    Read More »
  • कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन, १० मन्त्रीले गरे शपथग्रहण


    विराटनगर — कोशी प्रदेश सरकारमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै १० जना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरूले शपथ लिएका हुन्। पुनर्गठित सरकारमा सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति अनुसार मन्त्रालयको बाँडफाँट गरिएको छ। मन्त्रिपरिषद्‌मा दुवै दलबाट चार–चार जना…

    Read More »
  • एमाले रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न


    रामेछाप । नेकपा (एमाले) रामेछाप जिल्ला कमिटीको पूर्ण बैठक आज सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरीयाको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्य माधव प्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।बैठकमा पार्टी केन्द्रीय कमिटी सदस्य गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेल, प्रदेश लेखा अध्यक्ष श्यामकृष्ण श्रेष्ठलगायत बागमती प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।बैठकले…

    Read More »
  • लेयर्स कुखुरा अण्डाको मूल्य घट्यो


    चितवन । अण्डाको मूल्य क्रमशः घट्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्मस्तरमा लिइएको दररेटलाई एकीकृत गर्दै आजबाट लागू हुने गरी अण्डाको समर्थन मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाएको जनाएको छ ।सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) ५६५ रुपैयाँबाट घटेर ४७५ रुपैयाँमा झरेको छ । यस्तै, मिडियम अण्डाको मूल्य पनि ५५० रुपैयाँबाट घटेर ४६० रुपैयाँमा झरेको छ…

    Read More »
  • गुराँसेमा रहेको सामुदायीक भवन – गाउँका सम्पूर्ण कार्यक्रम एकै ठाउँमा


    रामेछाप । ग्रामीण जीवनशैलीमा सामाजिक र सांस्कृतिक कार्यक्रमहरू केवल औपचारिकता मात्र होइनन्, ती समुदायलाई एकआपसमा बाँध्ने बलिया सेतु पनि हुन्। यस्ता कार्यक्रम सहज, व्यवस्थित र सबैका लागि समान पहुँचमा हुनु आवश्यक हुन्छ। यही आवश्यकता बुझेर दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ गुराँसेले निर्माण गरेको सामुदायिक भवन गाउँकै सामाजिक केन्द्रको रूपमा स्थापित भएको छ। यहाँ अहिले गाउँभरि हुने बिहे, भोजभतेर, काजकिरिया,…

    Read More »
  • अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह


    ब्रसेल्स, २१ पुस (रासस/सिन्ह्वा) : युरोपेली सङ्घ (ईयू) ले भेनेजुएलामा थप तनाव नबढोस् भन्नका लागि सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ । यो अपिल संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध सैन्य कारबाही गरेपछि आएको हो ।ईयूका उच्च प्रतिनिधिद्वारा जारी वक्तव्यमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्र ‘सबै अवस्थामा पालना हुनुपर्ने’ उल्लेख गरिएको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का…

    Read More »
Back to top button