समाचार

  • बीपी राजमार्गमा थालियो थप मर्मत


    काभ्रेपलान्चोक । गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो ।बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले…

    Read More »
  • रामेछाप नगरपालिकाकोे बजेट खर्च ८३ प्रतिशत


    रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा आफ्नो कुल बजेटको ८३.०७ प्रतिशत मात्रै खर्च गरेको छ। आइतबार नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चालु तर्फ रु ४४ करोड १८ लाख ५ हजार ८ सय ७६ र पुँजीगत तर्फ रु १९ करोड ६९ लाख ५५…

    Read More »
  • तिहार लक्षित अनुगमनः उपभोक्ता हितमा सक्रियता


    रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा जिल्ला अनुगमन समितिले तिहार लक्षित अनुगमन गरेको छ । शनिवार गरिएको अनुगमनमा बजारमा बिक्रीका लागि राखिएका भाई मसला, चिउरा, मैदा, नरिवलजस्ता सामग्रीहरूको गुणस्तर अनुगमन गरिएको थियो। टोलीले कुहिएको नरिवल, म्याद गुज्रेको मैदा र गुणस्तरीय मापदण्ड पूरा नगरेका चिउरा जफत गरी नष्ट गरेको जनाएको छ।अनुगमन टोलीले खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिर आसपासका पसलहरू, खाँडादेवी…

    Read More »
  • खोप अभियानमा बागमतीको सफलता, उत्कृष्ट स्वास्थ्यकर्मी र स्वयंसेविका सम्मानित


    युवराज श्रेष्ठ । मकवानपुर । काठमाडौं । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको अवसरमा खोप अभियान सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा शुक्रबार भक्तपुरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपि  ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दै अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने उत्कृष्ट कर्मचारी र महिला सामुदायिक…

    Read More »
  • भटौलीको कल्चौँडेमा गाडी दुर्घटना ६ जना घाइते


    २० असोज, रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कल्चौँडेमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि दुई बच्चासहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा लिखुतामाकोशी गाउँपालिका वडा नं. ३ बिजुलिकोट घर भएका विक्रम महत (चालक), एलिजा महत (बच्चा), श्रीमती यशोदा महत खाडाँदेवी गाउँपालिका वडा नं. २ घर भएका कल्पना केसी, प्रतिमा केसी (बच्चा) र रन्जना…

    Read More »
  • मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु


    काठमाडौँ, २० असोजः अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपद्बाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र प्रहरी बलले भने मनसुनजन्य विपद् र यहीबीचको सवारी दुर्घटनासमेत गरी…

    Read More »
  • पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो


    दमौली (तनहुँ), १९ असोजः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उहाँको भनाइ छ…

    Read More »
  • आजको मौसम पूर्वानुमान: देशभर वर्षा हुने


    काठमाडौँ, १९ असोजः हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका…

    Read More »
  • कोशी ब्यारेजका ५६ ढोका खोलिए


    धरान (सुनसरी), १९ असोज : अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५६ ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव ४,३१,५२५ क्यूसेक पुगेपछि ब्यारेजका ५६ ढोका खोलिएको जानकारी दिए । शनिबार बेलुका ८ः०० बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो…

    Read More »
  • बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरू बस्ती छाड्न थाले


    १८ असोज काठमाडौ । अविरल वर्षाले बागमती नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि बागमती किनारका स्थानीयहरू बस्ती छाड्न  थालेका छन् ।थापाथली, टेकु दोभान र बल्खुका स्थानीयहरु आफ्ना सामान बोकेर घर छोड्न थालेका हुन् ।

    Read More »
Back to top button