समाचार

  • उपत्यका भित्रिने र बाहिरिने सवारी साधन तीन दिनका लागि बन्द


    काठमाडौं, असोज १८ । लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको छ । बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म भारीदेखि अति धेरै भारी वर्षा हुनसक्ने…

    Read More »
  • युक्रेनलाई अमेरिकी लामो दूरीको मिसाइल आपूर्तिले सम्बन्धमा गम्भीर असर पर्ने पुटिनको चेतावनी


    मस्को, १७ असोज (रासस÷एपी) रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिए। उहाँले यस्तो कदमले मस्को–वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पु¥याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारे ।कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय विदेश नीति विज्ञहरूको फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पु¥याइएमा त्यसले रूस–अमेरिका सम्बन्धलाई…

    Read More »
  • खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते


    महोत्तरी, १७ असोजः यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो ।दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब…

    Read More »
  • सालको पात बेचेर महिलाहरूको चाडपर्व खर्च जोहो


    धरान (सुनसरी), १७ असोजः यहाँको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहनु भएको छ ।उहाँले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहुनभएको हो । हुन त अरु बेला पनि यो उहाँका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया…

    Read More »
  • काठमाडौँ प्रशासनको रातको समयमा यात्रा नगर्न आग्रह


    काठमाडौँ असोज १७ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।जल तथा मौसम विज्ञान विभागले यस अवधिमा काठमाडौंसहितका जिल्लामा भारी वर्षा हुने सम्भावना देखाएको छ। यसबाट बाढी, पहिरो र भू–क्षयजस्ता विपद्जन्य घटना हुनसक्ने भएकाले प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो।जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “असोज १७ देखि २० गतेसम्म…

    Read More »
  • देशभर मनसुनी वायुको प्रभाव


    काठमाडौँ, १७ असोजः देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई, कर्णाली र बागमती…

    Read More »
  • राष्ट्रपति पौडेलद्वारा कन्या पूजा


    काठमाडौँ, १५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गर्नुभएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उहाँले पूजा गर्नुभएको हो । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना…

    Read More »
  • डिजिटल दशैँ


    अब मानिसहरू अनलाइन पसलमार्फत कपडा, ग्याजेट, घरेलु सामग्री किन्न थालेका छन्। डिजिटल वालेटमार्फत भुक्तानी गर्ने प्रवृत्ति बढेको छ। विज्ञापन कम्पनीहरूले दशैँलाई लक्षित गरेर सामाजिक सञ्जालमा प्रचार–प्रसार गर्ने क्रम तीव्र छ। यसले परम्परागत बजारमा असर पारे पनि उपभोक्तालाई सहजता दिएको छ। गाउँ–सहर जोड्ने ई–कमर्स कम्पनीहरूको सक्रियताले दशैँलाई डिजिटल उत्सवको रूप दिएको छ। नेपाली समाजको जीवनशैलीसँग मात्र होइन, भावना, संस्कृति र सामुदायिक…

    Read More »
  • परम्परा र आधुनिकताको दोबाटोमा दशैँ


    सागर बोहरा । म एक पटक बासँगै कमेरो लिन गएको स्मृति अझै ताजा छ। बाटोमा बाल्यकालको उत्साह, बाको अनुहारमा भने गम्भीरता झल्किएको थियो। माटो बोकेर फर्किँदा उहाँले भन्नुभयो, “कान्छा, अहिलेको दशैं सजिलो छ, तर रमाइलो छैन। हाम्रो पालामा दशैं दुःख र रमाइलो दुवै मिसिएको हुन्थ्यो।” दशैं नेपाली समाजको जीवनधार हो। यसलाई केवल एउटा धार्मिक अनुष्ठान वा देवीपूजामा सीमित गरेर बुझ्न…

    Read More »
  • जमराको सुसेली र पिङको उडान


    पिङको हावाले अझै पनि मेरो मुटु छुन्छ, आमाले पकाएको सेल–मासुको गन्ध अझै पनि नाकमै घुम्छ । त्यो अनुभव फेरि कहिल्यै फर्केर नआउला तर सम्झनामा त सदैव बाँकी रहनेछ । हामी सानो हुँदा दशैँ आउँछ भनेर सुन्नासाथ मनमा असाध्यै खुशी उम्लन्थ्यो, अमरध्वज लामा सम्झिन्छन् । तर, उनी हुर्केको गाउँमा शरद ऋतुको यो पर्वलाई ‘म्हेनिङ’ भनेर मनाइन्थ्यो ।रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक,…

    Read More »
Back to top button