लिट्टिल स्टारले पायो अन्तर्राष्ट्रिय अवार्ड

रामेछाप । रामेछापको मन्थलीमा रहेको लिट्टिल स्टार इङ्गलिस स्कुलले अन्तर्राष्ट्रिय सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) पाएको छ । जिल्लाकै पहिलो नीजि विद्यालयको रुपमा स्थापित लिट्टिल स्टार इङ्गलिस स्कुललाई मंगलबार विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेशनद्वारा आयोजित मलेसियाको राजधानी कोलालाम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त भएको हो ।
स्कुललाई उक्त अवार्ड लिनकन युनिभर्सिटी मलेशियाको सिईयो डा. मोहमद यूसोफ (ऋभ्इ – म्च। ःबजबम थ्गकयाा) प्रमुख डा. अमिया भूमिक ( एचभकष्मभलत – म्च। ब्mष्थब द्यजबगmष्प) लगायत अन्य विभिन्न देशका शैक्षिक व्यक्तिहरु प्रदान गरेका थिए ।
स्कुलका प्रधानाध्यापक रमेश फुयाल र लेखा प्रमुख विनिता सुवेदीले स्कुललाई प्राप्त सर्वोत्कृष्ट शैक्षिक सम्मान तथा पुरस्कार (एकेडेमिक एक्सिलेन्स अवार्ड) ग्रहण गरेका थिए । सोही कार्यक्रमको अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक हस्तबहादुर लामा इनोभेटिभ भाइस प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन् । सहायक प्रधानाध्यापक लामाले ग्रामिण क्षेत्रको अंग्रेजी भाषाको माध्यमबाट लामो समयदेखि शिक्षण सेवा मार्फत नयाँ–नयाँ प्रयोग र विद्यार्थी नेतृत्व विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अन्तराष्ट्रिय सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, यूएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको छ ।
अन्तराष्ट्रिय अवार्ड प्राप्त भएपछि स्कुलका संचालक समेत रहेका प्रधानाध्यापक रमेश फुयालले खुसी व्यक्त गर्दै स्कुललाई अवार्डका लागि योग्य बनाउन स्थापना कालदेखि योगदान तथा सहयोग गर्ने पूर्व स्कुल सञ्चालकहरु, व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकलाई धन्यवाद दिए । आगामी दिनमा जिल्लाको समग्र शैक्षिक गुणस्तरमा जिम्मेवार भएर लाग्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
२०५२ सालमा स्थापना भएदेखि ग्रामिण क्षेत्रमा अंग्रेजी भाषा र सर्वोत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्दै शिक्षा क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानको मूल्याङ्कन गर्दै उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको बताइएको छ । पछिल्लो समय लिट्टिल स्टार इङ्गलिस स्कुलले पठनपाठनका साथै अतिरिक्त विभिन्न क्रियाकलापमा अब्बलता प्रस्तुत गरेपछि उक्त्त अवार्ड प्रदान गरिएको आयोजकको ठहर रहेको छ ।



