समाचार
लगातार बढ्दै सुनको मुल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो
काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि विहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने…
Read More »अखिल क्रान्तिकारीको महाधिवेशनः आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज बन्दसत्र बिहान ११ बजेदेखि सुरु हुने भएको हो । बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने बताइएको छ । बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ । शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुने र प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक हुने भएको छ । त्यस्तै…
Read More »यू–२० एशियन कप छनौटमा आज नेपालको सामना बहराइनसँग
काठमाडौं । एएफसी यू–२० एशियन कप छनौटमा नेपालले आज बहराइनको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२ः४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल ३ खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा पुगेको छ । यस अघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले…
Read More »इजरायल र लेबनानको सीमामा अमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव
काठमाडौँ । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्काल प्रभावका साथ २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । ११ सहयोगी राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्धविरामको प्रस्ताव गरेका हुन् । अमेरिका, ईयू र सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनी अहिले असह्य भएको बताएका छन्…
Read More »रामेछापकि उप – प्रमुखद्वारा ‘आइ सि लिड्स आइकन’ मा भोट दिन आग्रह
रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्की (थापा) ले आफूलाई ‘आइ सि लिड्स आइकन’ मा भोट गरेर जिताइदिन आग्रह गरेकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाहरूको विभिन्न विधामा काम र मुल्याँकन गरेर मान्छेको छनौट गर्दै आएकको ‘आइ सि लिड्स आइकन’ले आफुलाई वागमति प्रदेश भरिको निर्वाचित उप प्रमुखहरुको विभिन्न कार्य गर्दै आएको ‘आइ सि लिड्स आइकन’ले उप प्रमुख थापालाई…
Read More »लायन्स क्लबले दियो, पहिरो पिडीतलाई राहत
रामेछाप । मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ ।रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा संस्थाले सोमबार जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डडुवा, वडा नं ३ टोकरपुर लेखर्क स्थित पहरी गाउँका पहिरो पीडितलाई काठमाडौ बाट सामान लिएर आएको संस्थाको आधिकारीक समुहले राहत सामाग्री वितरण गरेको…
Read More »समाचार लेख्दा पत्रकारलाई मूर्ख भन्ने छुट कसले दियो ?
रामेछाप । महालेखापरीक्षकले गरेको लेखा परीक्षणको आधारमा समाचार लेख्दा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले पत्रकारहरूलाई सिधा सीधा मूर्ख पत्रकार भनेका छन् । उनले पत्रकारलाई मूर्ख पत्रकार मात्र होइन महालेखाले ’कपि पेस्ट’ गरेर गलत रिपोर्ट दिएको समेत बताएका छन् ।आर्थिक वर्ष २०७९÷८० को गाउँपालिकामा महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा गाउँपालिकाले खाना खर्च ५९ लाख देखाएको थियो । सोही प्रतिवेदनको आधारमा रामेछापका…
Read More »नेपाल र सर्बियाबीच भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर
काठमाडौँ । नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छूटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिएकी छन् ।
Read More »२४ घण्टै जनताको सम्पर्कमा रहन्छु: अर्थ मन्त्री काफ्ले
रामेछाप । आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा रामेछापको मन्थलीमा संचालन भएको राजस्व बाँडफाँड तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी स्थानीय तहसँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेले नागरिक चाहना, आवश्यक र माग अनुरूप काम गरेर सरकारको सबै निकायले नागरिकलाई राज्य अनुभूति हुनेगरी काम गर्नुपर्ने बताए।मन्त्री काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुनसक्ने बताए…
Read More »परराष्ट्रमन्त्री डा. आरजु राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौँ । । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेट गरेकी छिन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उनीहरुबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना…
Read More »