यू–२० एशियन कप छनौटमा आज नेपालको सामना बहराइनसँग

काठमाडौं । एएफसी यू–२० एशियन कप छनौटमा नेपालले आज बहराइनको सामना गर्दैछ ।

न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२ः४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल ३ खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा पुगेको छ ।

यस अघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३–१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६–० ले पराजित भएको थियो ।

त्यस्तै बहराइनले २ खेलमा एक जित र एक हार बेहोरेको छ । बहराइनले पहिलो खेलमा चाइनिज ताइपेइलाई १–० ले पराजित गरेको थियो भने कम्बोडियासँग १–० ले पराजित भएको थियो ।

तुलनात्मक रुपमा बलियो मानिएपनि नेपालले आज बहराइनलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रिने छ । २ खेल हारिसकेको हुनाले आज जित हासिल गरेपनि नेपालको एशिया कपमा छनौट हुने सम्भावना भने निकै कम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button