समाचार
रमेश लेखकले दुई ठूला दलको समिकरणले मुलुकका समस्या समाधान गर्न सहज हुन्छ-गृहमन्त्री लेखक
जनकपुर । गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएको छ । यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताएका छन् । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समिकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न…
Read More »पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी
दमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेका छन् । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएका छन् । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
Read More »प्रमुख नैनसिंह महरले निःशुल्क स्वास्थ्य र शिक्षा जनताको संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्छःनैनसिंह महर
टीकापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले निःशुल्क स्वास्थ्य र शिक्षा संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि सरकार जिम्मेबार बन्नु पर्ने बताएको छ। टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले संविधानले ग्यारेन्टी गरेको विषय कार्यान्वयनमा ल्याउन संयुक्त सरकारको ठूलो दल कांग्रेसले समेत महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका छन्। ‘संविधानको शिक्षासम्बन्धी मौलिक हकमा…
Read More »कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएका छन् । दुवै पक्षबीच चारबुँदे सहमतिलगत्तै अनसनकारीहरूले आन्दोलन स्थगन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिँहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेको हो । सहमतिअनुसार नयाँ कमला पुलको निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक…
Read More »बजारमा सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् । यस अघि विहिबार सुनको मुल्य १ लाख ५१ हजार ९ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएका…
Read More »महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले प्रस्तावित कार्यक्रम गर्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुरक महामन्त्री डा. मुकुल ढकालले आफुले पार्टीमा पेश गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेको छ । ढकालले आफुले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउदै रवि लामिछाने क्लवले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि आफुले प्रस्ताव गरेको आत्मनिर्भर नेपाल अभियान शुरु गरेको…
Read More »नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छन् । गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो । कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेका छन् । यस बैठकमा साउन २३ गते २०८० फागुन ७—१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका…
Read More »त्रिवि टपर बने रामेछापका विनय
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–०८ बाबियाखर्कका विनय घिमिरेले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको पहिलो सेमेस्टरमा ’टप’ गरेका छन् । शारदा संस्कृत मावि बाबियाखर्कबाट आफ्नो प्रारम्भिक अध्ययन थालेका घिमिरेले त्रिविले लिएको वार्षिक परीक्षामा (बिबिए) तर्फ शंकरदेव क्याम्पस काठमाडौँबाट विश्व विद्यालय टप गरेका हुन् । त्रिभुवन विश्व विद्यालय गत मङ्गलवार नतिजा प्रकाशित गरेको थियो ।यस अगाडि पनि शंकरदेव क्याम्पसले लिएको छात्रवृत्तिको आन्तरिक परीक्षामा…
Read More »रामेछापका लागि बजेट छुट्टाउन कन्जुस्याइँ गर्दिन– मन्त्री काफ्ले
रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले रामेछापको विकासका लागि बजेट छुट्टाउन कन्जुस्याइँ नगर्ने बताएका छन् । उनले भने – प्रदेश सरकारको तर्फबाट रामेछापको विकासमा सक्दो सहयोग गर्नेछु। संस्थागत रूपमा आएका योजनाहरूका सफल बनाउन कुनै कसर छाड्दिन ।बिहीबार नेपाली काँग्रेस रामेछापले बिपी स्मृति भवन मन्थलीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले रामेछाप आफ्नो लागि…
Read More »फ्रिजको कम्प्रेसर चोरी गर्ने पक्राउ
रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ बिच बजारमा प्रत्युस इन्टरप्राइजेजको सामान चारी गर्ने एक व्यक्ती पक्राउ परेका छन् । मन्थली नगरपालिका १ बस्ने हरी खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।चोरी गर्ने व्यक्ती र चोरी भएको समान सहित प्रहरीले फेला पारेको हो । खड्काले कृषी बिकास बैंकबाट हाटेचौर तर्फ जाने बाटोमा रहेको प्रत्युस इन्टरप्राइजेजको…
Read More »