कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएका छन् ।

दुवै पक्षबीच चारबुँदे सहमतिलगत्तै अनसनकारीहरूले आन्दोलन स्थगन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिँहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेको हो ।

सहमतिअनुसार नयाँ कमला पुलको निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आव।२०८र२०८३ को वार्षिक बजेट सघ सरकारबाट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट बेहोरिने र यसै वर्षको मंंसिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गरिने उल्लेख गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button