नेपाल एयरलाइन्सको लापरबाहीले विमानस्थलमै छुटे ३१ यात्रु

काठमाडौं । नेपाल एयरलाइन्सले विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीलाई लिएर उडेको छ। जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्रीको टोली दुबई गएको हो।

तर, प्रधानमन्त्री चढेको जहाजले बुधबार बेलुका टिकट लिएका ३१ यात्रुलाई विमानस्थलमै अलपत्र पारेर उडेको छ। बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान भर्ने भनिएको नेपाल एयरलाइन्सको जहाजलाई समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर उडाउँदा यात्रु छुटेका हुन्।

उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराएको यात्रुहरुले बताएका छन्। सोही जानकारी नपाउँदा ८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुगेका थिए। यात्रुमध्ये प्रज्वल विक्रम राणा पनि कोप–२८ मा भाग लिन दुबई जाँदै थिए। तर नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ ले ‘भीभीआईपी फ्लाइट’ भन्दै ३१ यात्रुलाई अलपत्र पारेको उनले बताएका छन्।

नेपाल एयरलाइन्सले भने आफूले पहिले नै यात्रुलाई खबर गरेको दाबी गरेको छ। एयरलाइन्सका कर्मचारीहरुले बिहीबार अर्को व्यवस्था गरेर दुबई पठाउने बताएको छ। अहिले सबै छुटेका यात्रुलाई काठमाडौंको एक होटलमा राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button