थुनामा रहेका पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसले किन गर्यो सम्मान ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थुनामा रहेका खाँडलाई शनिवार कांग्रेस प्रदेश समितीले सम्मान गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । रामकृष्ण रुपन्देही काँग्रेस सभापति पनि हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा वैशाख २७ गते निवासबाटै पक्राउ परेका थिए । उनी हाल केन्द्रिय कारागारमा थुनामा रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button