रामेछापका ६४ वटै वडामा एकसाथ ‘समुदायमा काँग्रेस’ अभियान

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले समुदायमा काँग्रेस अभियान संचालन गर्ने भएको छ । काँग्रेस रामेछापको मन्थलीमा सम्पन्न २३ औँ पूर्ण बैठकले “समुदायमा काँग्रेस“ अभियान संचालन गर्ने निर्णय गरेको हो ।
काँग्रेस रामेछापले यही माघ १६ गते समुदायमा काँग्रेस अभियानका संचालन गर्ने भएको हो । काँग्रेस रामेछापले ६४ वटै वडामा एकसाथ सो अभियान संचालन गर्ने भएको छ । सोमबार रामेछाप काँग्रेस पार्टी सभापति पूर्ण बहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। काँग्रेस रामेछापले समुदायमा काँग्रेस अभियान संचालनका लागि प्रतिनिधि समेत तोकिसकेको प्रचार विभाग प्रमुख हिमाल ढुंगेलले जानकारी दिए ।
नेपाली काँग्रेसले माघ १३ देखि २६ गतेसम्म “समुदायमा काँग्रेस“ अभियान संचालन गर्ने निर्णय गरे अनुरूप काँग्रेस रामेछापले पनि यो अभियान संचालन गर्न लागेको हो । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण, समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई तत् तत् तहमा कार्यान्वयनका लागि पहलकदमी लिने र पार्टीको नीति निर्माणमा नीतिगत मार्गदर्शनको रूपमा लिने उद्देश्य अभियानको रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button