पकरवासमा पुगेर राजनारायण सम्झियो काँग्रेसले

रामेछाप । स्वर्गीय राजनारायण श्रेष्ठको ४५ औँ दिनको पुण्य तिथिको अवसरमा बिहीबार पकरवासमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाली काँग्रेस रामेछापले स्वर्गीय श्रेष्ठको स्थायी निवास पकरवासमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
जिल्ला कार्यसमितिले आयोजना गरेको शोक सभामा पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ, पूर्व पार्टी सभापति रामचन्द्र खड्का, उपसभापति द्वय लेखबहादुर कार्की र नवराज थोकर, सचिव विनोद कार्की, प्रदेश कार्यसमिति सदस्य अर्जुन केसी लगायतले पार्टी र समाजसेवामा स्वर्गीय राजनारायणको अमूल्य योगदानको चर्चा गरे ।
रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति समेत रहेका श्रेष्ठको अल्पायुमै हृदय घातबाट ज्यान गुमाएका थिए । साथै कार्यक्रममा जिल्ला कार्यसमिति सहित पार्टी निकट सबै तहका नेताहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै स्वर्गीय भएका श्रेष्ठले स्थापना गरेको तेज बहादुर, मायादेवी अक्षय कोष र प्रयागेश्वर माविले संयुक्त रूपमा ‘समाज रूपान्तरणमा युवाको भूमिका विषयक खाँडादेवी गाउँपालिकाका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेका हुन् ।
उक्त वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा निरूता कार्की, मावि आँगेटारकी छात्रा जानभी केसी, पिङखुरीकी छात्रा सृष्टि घिसिङ र बुद्ध भवानी मावि माकादुमकी छात्रा चिना बुढाथोकीले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे ।उनीहरूलाई पालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नगद ६ हजार, ४ हजार, ३ हजार, १ हजार सहित प्रमाणपत्र प्रदान गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button