ओखलढुंगाकाे लिखु गाउँपालिकाले लिखु अध्यक्ष कप गर्दै

ओखलढुंगा । लिखु गाउँपालिकाले “लिखु अध्यक्ष कप २०८०” संचालन गर्ने भएको छ । खेलकुद विकास समितिको निर्णयानुसार खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो । “सामाजिक सद्भावना तथा एकताको लागि खेलकुद ” भन्ने मुल नाराका साथ फागुन ३० देखि चैत्र ३ गते सम्म अध्यक्ष कप संचालन हुन लागेको पालिकाले जनाएको छ । भलिबल खेल प्रतियोगिताको पुरस्कार राशी महिला र पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना तर्फ क्रमशः नगद रु. १ लाख ५० हजार शिल्ड, मेडल तथा प्रमाण– पत्र, नगद रु. १ लाख शिल्ड, मेडल तथा प्रमाण– पत्र, नगद रु. ७० हजार शिल्ड, मेडल तथा प्रमाण– पत्र र नगद रु. ४० हजार शिल्ड, मेडल तथा प्रमाण–पत्र रहेको छ । विधागतर्फ उत्कृष्ट पुरुष तथा महिला लाई समेत पुरस्कारको व्यबस्था रहेको आयोजकले जनाएको छ । खेलाडीहरुले फागुन २९ गते बेलुका ५ः०० बजे सम्म टिम दर्ता गराउनु पर्ने छ भने टिम दर्ता शुल्क रु. १० हजार तोकेको आयोजकले जनाएको छ । खेल टिममा बढिमा ९ जना खेलाडी र १ जना प्रशिक्षक सहित जम्मा १० जना सहभागी हुन पाउँने छन् । सो भन्दा बढि खेलाडी सहभागी भएमा खाना–बास लगायतकोे व्यावस्था स्वयम् आफैले गर्नु पर्ने खेलकुद विकास समितिका सदस्य–सचिव पोकल मगर जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button