अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुनापतिले गर्यो हाजिरी जवाफ प्रतियोगिता
रामेछाप । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लाको सुनापति गाउँपालिकाले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ सुनापति गाउँपालिकाले अन्तरवडा आमा समूह हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।
गाउँपालिकाको कार्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा ५ वटै वडाका आमा समूहहरूले भाग लिएका थिए । हाजिरीजवाफ प्रतियोगितामा वडा नम्बर ५ ले १४० अङ्क प्राप्त गरी प्रथम स्थान हासिल ग¥यो । वडा नम्बर १ ले १२५ अङ्क प्राप्त गरी द्वितीय र ११० अङ्क प्राप्त गरी वडा नम्बर २ ले तृतीय स्थान हासिल गरेको सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्टले बताइन् । उपाध्यक्ष विष्टका अनुसार वडा नम्बर ३ ले ८० अङ्क र वडा नम्बर ४ ले ४० अङ्क प्राप्त गरी सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीयलाई ३ हजार र तृतीय हुने समूहलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना भएका टिमलाई १÷१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको पालिकाले जनाएको छ ।