अपाङ्गता भएका व्यक्तिहरूलाई बाटेको धूप बनाउने तालिम सुरु

रामेछाप । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले अपाङ्गता भएका व्यक्तिहरूका लागी बाटेको धूप बनाउने तालिम बिहीबारदेखि सुरु गरेको छ । रामेछाप नगरपालिका वडा नं ७, ८ र ९ का अपाङ्गता भएका व्यक्तिहरूका लागी ५ दिने तालिम संचालन गरिएको बद्री घिमिरेले बताए । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको आयोजना र सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँडाको सहयोगमा तालिम संचालन गरिएको हो ।

बाटेको धूपबाट थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले तालिम महत्त्वपूर्ण रहेको तालिमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले बताइन् । अपाङ्गता भएका व्यक्तिहरूका लागी आयआर्जनमा यसले यसले मद्दत पुग्ने उनले बताइन् । घरमै बसेर बाटेको धूप उत्पादन गर्न सकिने भएकाले अपाङ्गता भएका व्यक्तिका लागी यो तालिम महत्त्वपूर्ण भएको कार्कीको भनाई छ ।
तालिम पछि तालिममा सहभागीहरूले उत्पादन गरेको बाटेको धूपको बजारीकरणमा नगरले सहयोग गर्ने रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष समीर कार्कीले बताए ।
तालिममा तिन वटा वडाका २० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button