सुनापतिमा अफिम खेती गर्ने दुई महिला पक्राउ
रामेछाप । अफिमको खेती गर्ने दुई जना महिलालाई प्रहरीले पक्राउ परेको छ। जिल्लाको सुनापति गाउँपालिका– ३ मा (लागु औषध) अफिमको खेती गर्दै आएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय रामेछापले गत २५ गते पक्राउ गरेको हो । सुनापती गाउँपालिकामा छ रोपनी जग्गामा अफिम खेती गर्दै आएकी रुकुम जिल्लाका २ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । रुकुम जिल्ला उत्तरगङ्गा गाउँपालिका वडा नं १ घर भएकी ६८ वर्षीय बुद्धिमाया पुन मगर गुरुङ र सोही जिल्लाको तक्सेर गाउँपालिका–५ घर भएकी ४२ वर्षीय कान्छी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले बताए । पक्राउ पर्ने दुवै जना लामो समयदेखि रामेछापको सुनापति गाउँपालिका–३ मा बस्दै आएका थिए । प्रहरीले सात हजार बोट अफिम पनि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।