लिखु अध्यक्ष कप सुरु

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिकाको आयोजनामा “लिखु अध्यक्ष कप २०८०” सुरु भएको छ ।
खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको प्रमुख अतिथि पुर्व संविधान सभा सदस्य एवम नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारले उद्धघाटन गरेका हुन । खेलकुदले पालिका प्रदेश संघ तथा देशको इज्जत राख्ने हुदाँ यस अध्यक्ष कप आयोजाना गरेकोमा गाउँपालिकालाई धन्यवाद दिदै खेलाडीहरुलाई शुभकामना दिदै खेल जगतलाई माया गर्न समेत कार्यक्रमका प्रमुख अतिथि सुनुवारले अनुरोध गरे ।
गाउँपालिकाले अध्यक्ष कप गराएर खेलाडीहरुलाई प्रत्साहन हुने हुदाँ सिमित स्रोत र साधन भए पनि पालिकाले खेल क्षेत्रलाई माया गरेकोमा सिद्धिचरण नगरपालिका ओखलढुंगाका प्रमुख एवम् नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजेन्द्र खनालले धन्यवाद दिए । खनालले गाउउ रितिने र युवाहरु विदेश पलायन हुने अवस्था भैईरहँदा खेलकुद तथा अन्य क्रियाकलापले पनि युवाहरुलाइ रोक्न केही मात्रामा सहयोग पुग्ने बताए ।
खेलकुद भनेको सवैको साझा हो खेलकुद विकासले धर्म संस्कृतीको संरक्षण हुने र एक अर्का विचमा घुलमिल हुने भएको हुदाँ अध्यक्ष कपको आयोजना गरिएको पालिका अध्यक्ष एवम् कार्यक्रका सभापति अशोक कुमार कार्कीले बताए । “सामाजिक सद्भावना तथा एकताको लागि खेलकुद ” भन्ने मुल नाराका साथ अध्यक्ष कप फागुन ३० देखि संचालन भएको प्रतियोगिता चैत्र ३ गते सम्म संचालन हुने पालिका प्रवक्ता एवम् वडा अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
उद्धघाटन कार्यक्रममा पालिका उपाध्यक्ष अस्मिता थापा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजजितिक दलका प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो । प्रतियोगिता खेलमा पुरुष तर्फ ९ वटा टिम र महिला तर्फ ६ वटा खेलाडी टिम रहेको उपस्थिति रहेको खेलकुद विकास समितिका अध्यक्ष पशुपति सुनुवारले जानकारी दिए ।
भलिबल खेल प्रतियोगिताको पुरस्कार राशी महिला र पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना तर्फ क्रमशः नगद रु. १ लाख ५० हजार शिल्ड, मेडल तथा प्रमाण– पत्र, नगद रु. १ लाख शिल्ड, मेडल तथा प्रमाण– पत्र, नगद रु. ७० हजार शिल्ड, मेडल तथा प्रमाण– पत्र र नगद रु. ४० हजार शिल्ड, मेडल तथा प्रमाण–पत्र रहेको छ । विधागतर्फ उत्कृष्ट पुरुष तथा महिला लाई समेत पुरस्कारको व्यबस्था रहेको आयोजकले जनाएको छ ।