लिखु गाउँपालिकाको अध्यक्ष कप पुरुष तर्फ चम्पादेवी र महिला तर्फ आमचोक गाउँपालिकाको पोल्टामा
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा सम्पन्न पालिका स्तरिय अध्यक्ष कप २०८० भलिबल प्रतियोगिता पुरुष तर्फको चम्पादेवी गाउँपालिका ओखलढुंगा र महिला तर्फ उपाधि भोजपुरको आमचोक गाउँपालिकाको पोल्टामा परेको छ । त्यस्तै पुरुष तर्फ फाईनल खेलमा आयोजक लिखु गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका रामेछाप र चिशंखुगढी गाउँपालिका ओखलढुंगा क्रमशः दोस्रो, तेश्रोे र सान्त्वना भएको छन् । भने महिला तर्फ फाईनल खेलमा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगा, लिखु तामाकोशी गाउँपालिका रामेछाप क्रमश : दोस्रो, तेश्रो र सान्त्वना भएको खेलकुद विकास समिति संयोजक पशुपति सुनुवारले जनकारी दिए ।
ठुलो धनराशिको प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र चौंथो समूहले क्रमशः नगद १ लाख ५० हजार, १ लाख, ७० हजार र ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिएको आयोजक गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एबम् प्रवक्ता मोहन कुमार कार्कीले जानकारी दिए । प्रतियोगीतामा पुरुष र महिलाको लागी समान किसिमको पुरस्कार भएको समेत कार्कीले जानकारी दिए ।
अध्यक्ष कप आयोजना गरेकोका गाउँपालिका प्रति धन्यवाद दिदै गाउँपालिका, वडा र गाउँको विकासका लागी सबै दलहरु मिलेर एक भएर विकास निर्माणको क्षेत्रमा लाग्नु पर्नेमा प्रतिनिधि सभा सदस्य एवम् समापन कार्यक्रमका प्रमुख अतिथि रामहरी खतिवडाले बताए । खतिवडाले भने : दल, पार्टी भनेको चुनावमापार्टीको झण्डा ओड्ने हो यो बेला काम गर्ने हो ।
खेल क्षेत्र र खेलाडीको प्रोत्साहन गर्न तथा गाउँपालिको पर्यटन प्रबद्र्धनको गर्ने उद्देश्यले लिखु अध्यक्ष कप भलिबल खेल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताए । खेलाडी र स्थानिय तहहरु विच आपसी सद्भाव र सहकार्यको भावना विकास हुने गरी प्रतियोगिता संचालन गरिएको अध्यक्ष कार्कीले बताए ।
पहिलो पटक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पु¥याउनुका साथै युवाहरुमा नेतृत्व विकास र आर्थिक विकास साथै गाउँ ठाउँको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले बताईन् । प्रतियोगिता फागनु ३० गते देखी लिखु गाउँपालिकाको यसममा सञ्चालन भएको थियो ।