अनेरास्ववियु द्धरा आगलागी प्रभावित विद्यार्थीलाई पोसाक र शैक्षिक सामाग्री

रामेछाप । रामेछाप नगरपालिका -९ टाहारमा आगलागी बाट प्रभावित १३ जना विद्यार्थीलाई अनेरास्ववियु जिल्ला कमिटीले स्टेशनरी तथा पोसाक वितरण गरेको छ । रामेछाप अनेरास्ववियु जिल्ला कमिटीले सोमबार प्रति विद्यार्थी झोला सहित, कापी, पेन्सिल, पेन र एक सेट पोसाक हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा अनेरास्ववियुका संगठन स्थायी कमिटी सदस्य सागरहरि अधिकारी, केन्द्रीय सदस्य आङलामु शेर्पा, पार्टी नगर कमिटी अध्यक्ष रोशन पाख्रिन, संगठन जिल्ला उपाध्यक्ष गोपाल थोकर, सदस्य तथा महिला विभाग प्रमुख विनीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


रामेछाप नगरपालिका -९ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको रोहोवरमा श्री नव प्रभात आधारभुत विद्यालय, राताटारमा पोसाक, झोला र शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिए ।
गत विहिबार नजिकैको जङ्गलमा लागेको आगोले वस्तिनै रितिने गरी आगलागी भई १३ घर र १४ वटा गोठहरु खरानीमा परिणत भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button