परियोजना द्धरा जुनार कृषकलाई विषादी वितरण

रामेछाप । जिल्लामा जुनार खेती गदै आएका कृषकलाई रोग किरा नियन्त्रणको लागी विषादी वितरण गरिएको छ । जुनारको उत्पादन बढाई कृषकहरुमा अर्थापार्जनमा बृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत सझेदारीमा विषादी वितरण गरिएको हो । रामेछाप नगरपालिकामा बिहीबार कृषकलाई विषादी प्रयोग सम्बन्धी अभिमुखीकरण सहित विषादी वितरण गरिएको हो ।
कृषकलाई निलोतुथो,चुना,मिनिरल तेल,रोगर,स्टिकर,पहेलो पासो,एग्रीनीम,सर्वो एटसोओ लगायतका विभिन्न प्रकारका विषादी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ रामेछापका प्रमुख थिरलाल गैरेले बताए । उनले भने,‘अहिले रामेछापको जुनारमा लागेको रोग किरा ९० प्रतिशत नियन्त्रणमा आइसकेको छ ।’
विषादी वितरणको क्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापाले नेपालमै सबैभन्दा धेरै जुनार खेती र उत्पादन हुने जिल्ला रामेछाप भएपनि प्रचार प्रसारको कमीले पछि परेको बताए । उनले भने,‘अब संघ,प्रदेश र स्थानिय तिनै तहको सरकारले यहाँका किसानलाई सहयोग गर्नुपर्र्छ,तब मात्रै जुनार खेती गर्ने कृषक बढ्ने र उत्पादन पनि धेरै हुन्छ ।’
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले अब जुनारको ब्रान्डिङ्ग,लेबलिङ्ग,प्याकेजिङ्ग र बजारीकरणमा ध्यान दिनुपर्ने बताए । जुनारको लागी रामेछाप जिल्ला निकै प्रसिद्ध भएपनि सिन्धुलीको जुनार भनेर देशका विभिन्न ठाउँमा रामेछापकै जुनार बिक्रि वितरण हुँदै आएको उनले बताए ।
रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले जुनारमय रामेछाप बनाउन जरुरी रहेको बताए । कृषकले उत्पादन गरेको जुनारको बजारीकरणको जिम्मेवारी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले लिएर काम गर्न सके कृषकले धेरै फाईदा लिन सक्ने बताए । यसमा नगरपालिकाले वनि सहयोग गर्ने उनको भनाई छ ।
रामेछापका अगुवा जुनार कृषक शेर बहादुर तामाङ्गले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइले जुनार जोन क्षेत्र घोषणा गरेर काम थालेदेखी जुनारमा लाग्ने विभिन्न रोग किराहरु पनि नियन्त्रण भएको र जुनार उत्पादन पनि बढेको बताए । अब सिजनमा मात्रै नभएर जुनसुकै समयमा पनि जुनार पाउने गरी काम गर्न सके जुनारको महत्व झनै बढ्ने उनको भनाई छ । रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगङ्गा लगायत ठाउँका किसान जुनार खेतीमा आबद्ध छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button