युवा संघ द्धरा होलीमा खुला महिला तथा पुरुष दौड प्रतियोगिता

रामेछाप । जिल्लाको मन्थलीमा होलीको विशेषको अवसरमा खुला महिला तथा पुरुष दौड प्रतियोगिता गरिएको छ । युवा संघ नेपाल रामेछापले होली पर्वको अवसरमा आइतबार सदरमुकाम मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको हो । भैशेश्वर चोक नजिकैको रणजोर खोला पुलबाट मदन आश्रित चोक, देवकोटा चोक, ट्राफिक विट हुँदै अकासे पुलसम्म सहभागीहरू दौडिए । प्रतियोगितामा महिला तर्फ दर्ता नं ७८ नम्बरका सहभागी सविना थापा र पुरुष तर्फ ९ नम्बरका अरुण खड्काले प्रथम स्थान हासिल गरे । महिला तर्फ ४२ नम्बरकी सहभागी संगीता केसी दोस्रो र जर्सी न २७ की मनीषा कार्की तेस्रो भइन् । पुरुष तर्फ २० नम्बरका उत्तम माझी दोस्रो र ११ नम्बरका कौशल कार्की तेस्रो भए । प्रतियोगिताका सहभागीहरूलाई राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि खत्रीले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे। सो अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ लगायत एमालेका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । पहिलो, दोस्रो र तेस्रो हुने सहभागीहरूलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । रङहरूको पर्व होलीलाई मैत्रीपूर्ण बनाउँदै र नियमित रूपमा दौडँदा स्वास्थ्य सुधारमा समेत सहयोग पुग्ने भएकोले खेल क्षेत्रमा युवाहरूको सक्रियता बढाउन कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल रामेछापका अध्यक्ष सुरेन्द्र कार्कीले बताए ।