जेष्ठ नागरिक संघको छैटौं साधारण सभा एबं दोस्रो जिल्ला अधिबेशन सम्पन्न, पुनः नारायण दाश

रामेछाप । जिल्ला जेष्ठ नागरिक संघ रामेछापको छैटौं साधारण सभा एबं दोस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारसभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना कार्कीले गर्नु भएको थियो । कार्यक्रममा रामेछाप नगरपालिका उपप्रमुख बाला कुमारी कार्की मन्थली नगरपालिका प्रवक्ता गोपालदाश श्रेष्ठ, मन्थली न पा वडा नं. १ का वडा अध्यक्ष होम प्रसाद पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

छैटौं साधारण सभा एबं दोस्रो जिल्ला अधिबेशनमा संघका कोषाध्यक्ष कृष्ण प्रसाद ढुंगेल द्वारा प्रस्तुत ६ लाख १० हजार ७ सय ८७ बरावरको आर्थिक प्रतिवेदन र सचिब कोमल श्रेष्ठ द्वारा प्रस्तुत सांगठनिक प्रतिबेदन समेत पास गरेको थियो । कार्यक्रम का अवसरमा ५० जना भन्दा बढि ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । रहेको थियो । कार्यक्रम अध्यक्ष नारायण दाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।


संघमा पुनः नारायण दाश
संघको छैटौं साधारण सभा एबं दोस्रो जिल्ला अधिबेशन पुनः कार्यकालका लागि नारायण दाश श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्बिरोध निर्वाचित भएका छन् । निर्बाचित हुने पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, सह–सचिब र कोषाध्यक्षमा क्रमशः श्रीराम न्यौपाने, अर्जुन घिमिरे, विर बहादुर खड्का, पुरुषोत्तम घिमिरे रहनु भएको छ, भने सदस्यहरुमा क्रमशः भक्त कुमारी ढुंगेल, केदार प्रसाद दाहाल, केदार प्रसाद ढुंगेल, तोरण बहादुर खड्का, टिका बहादुर थापा, ज्ञान भक्त श्रेष्ठ, यमकुमारी कार्की, राजकुमारी माझी, रामभक्त श्रेष्ठ र शुक्र वहादुर माझी निर्वाचित भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button