जङ्गलमा आगो लगाउने २ जना प्रहरीको नियन्त्रणमा

रामेछाप । जङ्गलमा आगो लगाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत २३ गते दिउसो ४ बजेको समयमा रामेछाप नगरपालिका १ स्थित कालिका देवी गाइखुरा सामुदायिक वन ठुलीभिर स्थितको जङ्गलमा आगो लगाएको आरोपमा लिखु तामाकोशी गाउँपालिका ३ का आशोक महतलाई रामेछाप प्रहरीले पक्राउ गरेको हो । महतलाई प्रहरीले गत २६ गते पक्राउ गरेको हो ।
निजलाई आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय रामेछापमा बुझाएको र वन ऐन अनुसार अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।
त्यस्तै रामेछाप नगरपालिका वडा नं. ३ स्थित कालिकादेवी सामुदायिक वनमा आगो लगाएको आरोपमा रामेछाप नगरपालिका वडा नं. ३ बस्ने सुवास महतलाई पक्राउ गरेको छ । उक्त जङ्गलको ठाउँ–ठाउँमा आगो लगाउँदै हिँडेको अवस्थामा स्थानीयले दिएको सूचना अनुसार निज सुवास महतलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । सुवासलाई गत १० गते जिल्ला प्रहरी कार्यालयमा ल्याई प्रारम्भिक अनुसन्धान पश्चात् थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय रामेछाप डाँडा रामेछापमा बुझाई वन ऐन अन्तरगत अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button