गौरीशंकर बहुमुखी क्याम्पसमा नयाँ भवन बन्ने

रामेछाप । रामेछाप जिल्लाको पुरानो सदरमुकाममा रहेको गौरीशंकर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण हुने भएको छ । २०५७ साल देखि स्थापना भएको क्याम्पसको आफ्नो भवन नहुदाँ पठन पाठनमा समस्यामा हुदै आइरहेको थियो, अब भने सुविद्या सम्पन्न भवन बन्ने भएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा विश्व विद्यालय अनुदान आयोगबाट भवन निर्माणको लागि बजेट विनियोजन गरेको छ । भवन निर्माणको लागि आयोगबाट करिव एक करोड रुपैयाँ अनुदान स्वीकृत भएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सन्देश घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार क्याम्पस संचालन भएको लामो समय भए पनि बजेट अभावमा भवन बन्न नसकेको अवस्थामा भबन निर्माणका लागि बजेट विनियोजन भएको छ । क्याम्पसको आफ्नो नामको जग्गा रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थित टावर डाँडामा रहेकोले सोही स्थानमा निर्माण हुने क्याम्पसका अध्यक्ष घिमिरेले जानकारी दिए । लामो समयको प्रयास पछि क्याम्पसको भवन निर्माणका लागी बजेट विनियोजन गर्न सफल भएको घिमिरेको भनाई छ ।
विनियोजन बजेट पछि नयाँ भवन निर्माण पछि भने पठन पाठनमा सहज हुने क्याम्पस प्रमुख मेघ प्रसाद भट्टराईले जानकारी दिए । भट्टराईले भवन निर्माणका लागी बजेट ब्यवस्थापन गर्न सहयोग गर्नुहुने ब्यवस्थापन समितिका अध्यक्ष लगाएतका सम्पुर्ण सहयोगीलाई धन्यवाद समेत दिए ।
हाल यस क्याम्पसमा मानविकी (बिए) र शिक्षा संकाय (बिएड्) विषय अध्यायपन गराउदै आइरको छ ।