मन्त्रीलाई माला लगाउन जाँदा आफै मन्त्री बनिन तामाङ

सिन्धुली। बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रीलाई माला लगाउन गएको,आफै मन्त्री भएर आएको बताएकी छिन्।

नेकपा एमाले सिन्धुलीले जिल्ला पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रम लाई सम्बोधन गर्दै, मन्त्री तामाङले आफू मन्त्रीलाई माला लगाउन हेटौँडा गएको थिएँ, तर अहिले आफै मन्त्री भएर जिल्ला फर्किएको बताएकी हुन्।

सरकार परिवर्तन भएपछि, विश्वासको मत दिन हेटौँडा गएको थिए। नयाँ सरकार गठनको कुरो चलेको थियो। मेरो पनि नाम चर्चामा थियो।तर,मैले मन्त्री हुन्छु भन्ने कल्पना समेत गरेको थिइन।एक्कासि म मन्त्री भएँ। त्यो क्षण म बिर्सन सक्दिन। म जस्तो सामान्य भुईँ मान्छे पनि मन्त्री बने उनले भनिन्।

“नेपालमा मन्त्री बन्न पैसा,पावर र धेरै चलखेल हुन्छ भन्ने सुनेकी थिएँ,त्यो होइन रहेछ । म जस्तो सामान्य किसानको छोरी पनि विना पैसा मन्त्री बनें। ” नेकपा एमालेले अविचलित रूपमा लागि रहे सबैको योगदान र इतिहासको उचित मूल्याङ्कन गर्दो रहेछ भन्ने कुराको पुष्टि भएको बताइन्। अवसर पाइएन भनेर विचलित र निराश नहुन समेत नेता तथा कार्यकर्तालाई आग्रह गरिन्।

त्यस्तै उनले, मन्त्री पदको गरिमाको दुरुपयोग नगर्ने, नेता तथा कार्यकर्ताहरूको शिर निहुराउने काम कहिल्यै नगर्ने बताइन। सबैको साथ सहयोग लिएर जिल्लाको विकास निर्माणमा हातेमाले गर्ने र भूमिहीन सुकुम्वासी समस्या समाधान गर्न दत्तचित्त भएर लागि पर्ने प्रतिबद्धता जनाइन्। उनले विभिन्न मोर्चामा रहेर साथ सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरिन।
साभार : माईशिर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button