प्रधानमन्त्री ओलीको आग्रहः संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्नुस्

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका बिषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन्।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनित भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराउँदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका विषयमा भ्रम फैलाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरे।

अहिलेको समिकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीले स्टन्डबाजी गर्न खोजेको उनले बताए। ओलीले एमाले सहि बिचार बोकेर देश केन्द्रीत, परिवर्तन केन्द्रीत कार्यक्रमका साथ अघि बढ्ने उल्लेख गरे।

उनले लोकतन्त्रमा नाममा पार्टीभित्र गुटबन्दी भए पार्टी समाप्त हुने जिकिर गरे। एमालेभित्र कुनैपनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने उनको भनाइ छ।

यसअघि बसेको एमाले सचिवालय बैठकले एकजनालाई उपाध्यक्ष, दुईजनालाई स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button