शिक्षा क्षेत्र सुधारको लागी रामेछाप नगरपालिकाले दस वर्षे शैक्षिक योजना निर्माण गर्दै

रामेछापको । रामेछाप नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागी दस वर्षे शैक्षिक योजना निर्माण गर्ने भएका छन् । नगरपालिकाले शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गर्न लागेको नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो । विगतको अवस्था, वर्तमानको यथार्थ र भविष्यको सपना बोध हुने गरी योजना निर्माण हुने उहाँले बताउनुभयो ।