पहिरोले दोरम्बा शैलुङको ४ घर र पक्की पुल बगायो : १ को मृत्यू , १० सम्पर्क विहीन

रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेकखर्क पहरे गाउँमा निरन्तरको वर्षाको कारण पहिरो जाँदा ४ घर र पक्की पुल बगाएको छ ।
गए राति ११ : ४५ बजे माथिबाट खसेको पहिलोमा परी १० जना सम्पर्क विहीन भएका छन् ।
स्थानीय तुल प्रसाद कँडेलका अनुसार, प्रहरी सहितको उद्धार टोलीले दुई जनाको उद्धार गरेको छ भने, ८ जना सम्पर्क विहीन छन् ।
साथै, वडा २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल बगाउँदा घटनास्थल सम्म पुग्न समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरीको थप टोली घटनास्थल तर्फ जाँदै गरेको र ४ घर बगाएको सम्मको जानकारी पाएको सूचना अधिकारी कौशल न्यौपानेले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरले ४ घर बगाएको र एक जनाको शव भेटिएको बताइन् । उनका अनुसार, बेपत्ताहरूको भने यकिन हुन बाँकी छ ।