दोरम्बा पहिरोको घटना स्थलमै पुगेर कान्छारामले गरे सहयोग
रामेछाप । जिल्लाको दाेरम्बा शैलुङ ३ लेखर्कमा गएको राती आएको पहिरो पीडित भेट्न नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) स्थलगत अनुगमनमा पुगेका हुन् । राज्यमन्त्री तामाङले व्यक्तिगत रकम बाट ज्यान गुमाउनेका परिवारहरूलाई प्रतिव्यक्ति १० हजारका दरले १० जनालाई राहत रकम उपलब्ध गराएका हुन ।
तामाङले गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानलाई सहयोग रकम हस्तान्तरण गरेका हुन । तामाङले पहिरो बिस्थापितहरुलाई खान बस्न सरकारले सहयोग नगरे व्यक्तिगत सहयोग गर्ने समेत बताए । तामाङ व्यक्तिगत खर्चमा हेलिकप्टरमा आई स्थलगत अनुगमन समेत गरेका थिए ।
त्यसैगरी राज्यमन्त्री तामाङ लगायतको उपस्थितिमा पहिरोका कारण जोखिममा परेको बस्ती तत्काल सारेर व्यवस्थापन गर्न पहल गर्ने र तत्काल सुरक्षित स्थानमा ब्यवस्थापन गर्न निर्देशन समेत दिएका छन् ।
पहिरोमा परि ६ जनाले ज्यान गुमाएका छन् , ४ जना बेपत्ता भएका छन् । १ जना घाइते भएका थिए ।