भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले देश छोडेर स्पेनको शरणमा

काठमाडौँ । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेको छ । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएको हो ।
भेनेजुएला छोड्नु अघि, गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेको थियो । जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएका छन् । यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएको थियो ।
चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेका गोन्जालेजलाई पक्राउ गर्न समेत अदालतले आदेश दिएका थिए । स्पेन पुगेपछि गोन्जालेजले अडियो सन्देश जारी गर्दै लोकतन्त्र र जनताको स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने बताएको छ ।
गोन्जालेज स्पेन जानु अघि उनको गिरफ्तारीको वारेन्ट पनि जारी गरिएका थिए । उनीमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएका थिए।
भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा आफ्नो ज्यान खतरामा परेकाले गोन्जालेजले देश छाड्नुपरेको लेखेकी छन् ।