अब भने मन्थली – काठमाण्डौं हवाई उडान नियमित

रामेछाप । अब भने मन्थली – काठमाण्डौं हवाई उडान नियमित सञ्चालनमा आउने भएको छ । नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख हिरन शाहका अनुसार शुक्रवार नागरिक उड्डयन प्राधिकरणले काठमाण्डौं बाट रामेछाप नियमित उडान तालीका उपलब्ध गराएकोे जानकारी दिए । शाहका अनुसार नियमित उडान तालीका हालका लागी भने एक महिनाको उपलब्ध भएको छ ।
कार्यालय प्रमुख शाहका अनुसार आइतबार बाट काठमाण्डौं – मन्थली र मन्थली – काठमाण्डौं समिट एयरलाइन्सले आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान भर्ने भएको छ भने तारा एयरलाइन्सले मङ्गलवार बिहीबार र शनिवार उडान भर्ने भएको छ । समिट एयरलाइन्सले काठमाडौँ – मन्थली दिउसो २ बजे उडान भर्ने छ भने मन्थली – काठमाण्डौं २ः३५ बजे उडान भर्ने भएको छ । त्यस्तै गरी तारा एयरलाइन्सले काठमाण्डौं – मन्थली २ः४० मा र मन्थली – काठमाण्डौं ३ः०५ मा उडान भर्ने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button