बिपि राजमार्गको विकल्पमा भकुन्डेबेंसी – तिमाल – खैरेनी हुँदै लुभु – सित्खा सडक भोलि देखि संचालनमा आउने

काभ्रे । काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै लुभु मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट रामेछाप, सिन्धुली, ओखलढंगा सोलुखुम्बु लगाएत तराईका जिल्लाहरुमा आवतजावत गर्नका लागी आइतबार विहानबाट छोटो दुरीको वैकल्पिक सडक भोलि देखि संचालनमा आउने भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार लुभु सम्मको सडक संचालनमा आएको जानकारी दिए । त्यस्तै खाडाँदेवि गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष एवम् प्रवत्ता पुस्कर कुमार कार्कीका अनुसार सित्खा लुभु सडक भोलि सम्ममा संचालनमा आउने जानकारी दिए । भकुण्डेबेसी देखि लुभु सम्म भने सडक संचालनमा आएको छ ।
भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दुरीमा रहेको छ । धुलिखेलबाट भकुन्डेबेंसी २५ किलोमिटर र भकुन्डेबेंसी–सित्खा ३५ किलोमिटर गरी ६० किलोमिटरमा एकतर्फी सञ्चालनमा रहेको सडक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ को बीपी राजमार्गमा जोडिन्छ । रामेछाप र सिन्धुलीको सीमानाको सुनकोसी नदीको सित्खापक्की पुल सञ्चालनमा छ ।



