रेस्टले सम्पन्न गर्यो १६ दिने लङ्गिक हिंसा विरुद्धको अभियान
![](https://gantabyatoday.com/wp-content/uploads/2024/12/462568484_3448338552141106_8252969589422060305_n-780x470.jpg)
रामेछाप । रेस्ट पैरवी समूहको आयोजनामा १६ दिने लङ्गिक हिंसा विरुद्धको अभियान गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीमा सप्पन्न भएको छ । नामाडी वडा कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा पैरवी समूह रामेछापकी संयोजक सरिता खड्काको अध्यक्षतामा भएको थियो । सम्पन्न कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष दिपक कार्की, वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, वडा मेलमिलाप अध्यक्ष , विद्यालय बालक्लब अध्यक्ष, प्रहरी लगायतको उपस्थित रहेको थियो ।