Trending

बजाजको अफर सुरु भएको दिन नै लक्ष भन्दा बढी मोटरसाइकल साटासाट – किनबेच

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा बजाजका मोटरसाइकल साटासाट अफर सुरु भएको दिन नै लक्ष भन्दा बढी मोटरसाइकल साटासाट तथा किनबेच भएको छ  । बजाजको आधिकारिक विक्रेता स्टार अटो प्रा.ली.नयाँबजार काठमाण्डौंले बुधवारदेखि सुरु गरेको मेलामा लक्ष्य भन्दा बढी माग भएको स्टार अटो प्रा.ली.ले जनाएको छ ।

पौष १० देखि १५ गते सम्म सञ्चालन हुने मेलामा पहिलो दिनमै १४ वटा मोटरसाइकल बिक्री भएको आयोजकले बताएको छ । विभिन्न कलर र मोडलका मोटरसाइकलहरू मन्थलीको ट्राफिक चोकमा राखेर मेला सुरु गरे सँगै मोटरसाइकल हेर्नेको भिड्नै लागेको छ ।

स्टार अटो प्रा.ली.ले ग्राहकको सहजताको लागि तीन वर्षसम्मको सहुलियत पूर्ण कर्जा सुविधा पनि उपलब्ध गराएको छ । साथै जुनसुकै मोटरसाइकलको राम्रो मूल्य दिएर एक्सचेन्ज गरिने समेत आयोजकले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button