सकियो कृषि तथा लघु उद्यम प्रदर्शनी

रामेछाप । मन्थली नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला बुधवार सम्पन्न भएको छ । दुई दिने मेलाको मंगलवार ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले उद्घाटन गरे, बुधवार समापन गरे ।
५३ वटा स्टल रहेको प्रदर्शनीमा कृषक तथा उद्यमीहरूले बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फलफूल, कन्दमूल लगायतका उपज राखेका थिए । मेलामा मन्थली नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली तथा उत्पादन प्रदर्शनीमा राखिएको थियो ।
मेलामा खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू, ढाका, साबुन, सरफ, बाँसबाट बनाइएका सामाग्रीहरू होजियारी, दुना टपरी, जुस लगायत प्रदर्शनीमा राखिएको थियो ।
मन्थली नगरपालिकाका १४ वटा वडाका किसानलाई कम्तीमा एउटा वडा बराबर एउटा सटर मन्थलीमा उपलब्ध गराउन सके कृषि उपज बिक्री गर्न सहज हुने ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले बताए ।
कृषिलाई व्यवसायीकरण गर्न नसक्दा युवा पलायन भएको र जग्गा बाँझो हुने क्रम बढेकोले त्यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए।
कार्यक्रममा १० जना उत्कृष्ट किसानलाई नगद ५ हजार २५ रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, विभिन्न राजनीतिक दलका नेताहरू लगायतको सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button