शिक्षक बचतको साधारण सभा सम्पन्न

रामेछाप । शिक्षक बचत तथा ऋण सहकारी संस्थाको तेह्रौँ साधारण सभामा शनिवार मन्थलीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लक्ष्मण कुमार घिमिरेको अध्यक्षता एवं जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुंगेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष रामकुमार सुबेदीले ३ सय ८८ जना शेयर सदस्यहरूबाट ९२ लाख ५६ हजार ९ सय ५ रुपैयाँ निक्षेप र १७ लाख ४१ हजार शेयर पुँजी बाट ९६ हजार ५ सय २३ रुपैयाँ नाफा कमाउन सफल भएको बताए । साधारण सभाले कोषाध्यक्ष सुवेदीको आर्थिक प्रतिवेदन र सचिव कमला कुमारी थापाको सांगठनिक प्रतिवेदन पास गरेको छ ।
कार्यक्रमका अवसरमा मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल, मन्थली क्याम्पसका प्रमुख भरत कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरे, निवर्तमान अध्यक्ष बद्री नयाँघरे, लगायतले धारण राखे । कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि ढुंगेलले जिल्लामा केही सहकारीहरू खराब सूचिमा परिसकेकाले सहकारी संचालकहरुनै निक्कै ध्यान दिनुपर्ने अवस्था आएको बताए । उनले सहकारी प्राधिकरण बन्ने तयारी भइरहेको अवस्थामा अब एक सदस्य एक सहकारी अनिवार्य लागु हुने पनि बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button