रामेछापका विकासे अड्डाहरूको बजेट खर्चको अवस्था दयनिय
रामेछाप । रामेछापका विकासे अड्डाहरूको बजेट खर्चको अवस्था दयनिय देखिएको छ । शुक्रबार मन्थलीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत कार्यालयको प्रतिवेदनका आधारमा जिल्लाका सबैजसो कार्यालयको विकास बजेट खर्चको अवस्था दयनिय देखिएको हो । सो क्रममा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यालयको बार्षिक वजेट सँगै साउन महिना देखि हालसम्म गरेका काम, उपलब्धि र काम गर्दाको बाध्यात्मक अवस्था र ब्यहोर्नु पर्ने चुनौतीका बारेमा पनि कार्यालयको तर्फबाट जानकारी गराएका थिए । सबैजसो कार्यालयको प्रगति प्रतिवेदनले कार्यालयको लक्षित निति अनुसार शुशासनलाई टेवा पुग्ने गरि काम गरेको भएपनि प्रगतिको अवस्था भने दयनीयनै रहेको उल्लेख गरेका छन् । प्रस्तुत कार्यालयको प्रतिवेदनले जिल्लामा विकास निर्माणको काम गर्ने विकासे कार्यालयहरूको अवस्था दयनीय देखिएको छ।
आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा ठुला योजना कार्यान्वयन गर्दै आएका अधिकाँश विकासे अड्डाहरूको विकास बजेट खर्चको अवस्था लाई हेर्दा जिल्ला भरिमा शरदर ५ प्रतिशतसम्म मात्र भएको देखिएको छ । लामो समयपछिको अन्र्तराल पछि रामेछापका सरकारी कार्यालयहरूले सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत आफनो कार्यालयबाट प्रवाह गरिने सेवा सुविधाका बारेमा जानकारी गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयको आयोजना तथा जिल्ला स्थित संचार माध्यमका प्रतिनिधिहरुको रोहवरमा शुक्रबार मन्थलीमा सार्वजनिक सुनुवाई कर्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको पहलमा जिल्ला स्थित सरकारी कार्यालयहरुले आफना योजना कार्यक्रम सेवा प्रवाह र त्यसमा उठेको गुनासाका सम्बन्धमा कार्यालय प्रमुखहरुले जवाफ दिएका थिए । सरकारी कार्यालय र तिनका प्रमुख हरुलाई जवाफदेही बनाई कार्यालयको कार्यक्रम कार्यान्वयनको अवस्थाका वारेमा नागरिक स्तरको धारण बुझेर कार्यालय हरुको सुसासनमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला स्थित अधिकाँश सरकारी कार्यालय प्रमुखहरुले सक्रियताका साथ सहभागिता जनाएका थिए । वेलुकी अवेर सम्म सँचालन गरिएको सार्वननिक सुनुवाई कार्यक्रममा जिल्लामा रहेका करिव ३ दर्जन जति सेवा प्रदायक सरकारी कार्यालयहरुको राति अवेर सम्म बसेर सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिता जनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सेवा प्रदायक कार्यालयले गरेको विकास निर्माण लगायत जनसरोकारवाला विषयहरु जिल्लाका सञ्चारमाध्यम मार्फत नागरिक स्तर सम्म सार्वजनिककरण गर्ने उदेश्यले गरिएको उक्त कार्यक्रममा करिव २ दर्जन सँचारकर्मिहरुले कार्यालयलाइ हाकाहाकि प्रश्न गरेका थिए । कार्यक्रममा सहभागि सँचारकर्मिहरूले विकासका कामको अवस्था र वजेट खर्च हुन नसक्नुको बारेमा जवाफ माग गरेका थिए । सो क्रममा उनिहरुले कार्यालयका सूचना र डाटा व्यवस्थित रूपले राख्न र जो कोहीले माग्दा पनि सही सूचना र तथ्याङ्क दिने व्यवस्था मिलाउन पनि कार्यालय प्रमुख सँग आग्रह गरेका थिए । त्यसबाहेक जन स्वास्थको अवस्था सँगै नागरिकता वितरण प्रणालीमा गर्नु पर्ने सुधार तथा मालपोत र नापी कार्यालय जस्ता कार्यालयले प्रवाह गर्ने सेवा प्रवाह र शुसासनको अवस्था र नागरिक हरुका गुनासका बारेमा पनि सहभागी सँचारकर्मिहरुले प्रश्न राखेका थिए ।
कार्यक्रमका अध्यक्ष एवँ कर्मचारी मिलन केन्द्रका सँरक्षक प्रजिअ पौडेलले यो पहिलो कार्यक्रम भएकोले अन्तरक्रियात्मक सार्वजनिकीकरण कार्यक्रम भएको र यसमा देखा परेका समस्याहरुलाई आगामी दिनमा सुधार गर्दे जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले यसलाई बिस्तारै परिमार्जित गरेर आपसि सल्लाहका आधारमा आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने आश्वासन पनि दिनु भयो । सो क्रममा प्रजिअ पौडेलले बृहत बसाइमा सबै प्रश्नको जवाफ नआउने भए पनि कार्यक्रममा उठेका रचनात्मक र सकारात्मक सुझावले सेवा प्रवाहमा सुधार गर्नका लागि कार्यालयहरुलाई सहयोग पुग्ने भन्दै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।