नेपाल महिला संघ सुनकाशीको अध्यक्षमा श्रेष्ठ
सिन्धुली । नेपाल महिला संघ सुनकोशी गाँउपालिकाको शनिवार सम्मन्न दोस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाल महिला संघ सुनकोसी गाँउपालिकाकी अध्यक्ष शान्ता श्रेष्ठको अध्यक्षता र नेपाल महिला संघकी केन्द्रीय सदस्य एबं बागमती प्रदेश पुर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।
नेपाल महिला संघ सिन्धुलीकी सभापति गंगा दाहालको बिशेष आतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले उमा गिरी आचार्यको नेतृत्वमा २५ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको छ ।
यसरी नवगठित कार्य समितिका पदाधिकारीहरु उप–सभापति,सचिब, सह–सचिब र कोषाध्यक्षमा क्रमश सरिता थापा, रुषा ढुंगेल, कुमारी उमा प्याकुरेल, र कबिता फँुयाल रहनु भएको छ भने सदस्यहरुमा क्रमशः गोमा अर्याल सबिता वराइली, कृष्ण कुमारी भुजेल,लक्ष्मी ढुंगेल, प्यारी माया तामाङ,अस्मिता कोईराला, शान्ता सार्की, हिमाल कुमारी श्रेष्ठ, शारदा श्रेष्ठ र सरीता श्रेष्ठ रहनुभएको नेपाली काँग्रेस सुनकोशी गाँउपालिका सभापति चन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार–उप–सभापति सचिब र सह –सचिबमा क्रमश अमृता श्रेष्ठ,गोमा चौलागाँई, रन्जु लामा लाई बिधान बमोजिम पदाधिकारीमा मनोनित गरिएको छ भने सुशिला भण्डारी, सिता श्रेष्ठ, सुनिता अधिकारी, नर्मदा कामी, विमला श्रेष्ठ, रुकुमाया श्रेष्ठ र पबित्रा ढुंगेलाई सदस्यमा मनोनित गरिएको छ ।
अधिबेशनका अबसरमा नवनिर्बाचित पदाधिकारी एबं सदस्यहरुलाई प्रमुख अतिथि नेपाली, महिला संघ सभापति दाहाल, सुनकोशी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइराला, नेपाली काँग्रेस सुनकोशी गाँउपालिकाका अध्यक्ष श्रेष्ठ लगाएतले बधाई एबं सफल कार्यकालको शुभकामना दिए ।