मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा बोहरा

रामेछाप पौष २६ । मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा सर्बसम्मत निर्बाचित भएका छन् । शुक्रबार भएको ५ औं जिल्ला अधिबेशन बाट अध्यक्षमा बोहरा निर्वाचित भएका हुन् । उपाध्यक्षमा मोहन सुनुवार, सचिवमा राजु बिक्रम बस्नेत, कोषध्यक्षमा दुर्गा रोका र सदस्यमा क्रमश भवानी खड्का, सुविना केसी, लालबहादुर माझी, केशरी थापा, लेख बहादुर श्रेष्ठ निर्वाचित भएका हुन् । थिर बहादुर थापा (रबिन) को अध्यक्षतामा भएको कार्यक्रमा मानव अधिकार एलाइन्स केन्द्रिय सदस्य रत्न प्रसाद कंडेल, प्रदेश माननीय एवं पार्टी प्रदेश कमिटी सदस्य आनन्द कुमार श्रेष्ठ, नेकापा एमाले जिल्ला उपाध्यक्ष होतराज ढकाल ,सचिव प्रकाश कुमार कार्की, उपसचिव मिलन कुमार घिसिङ, पत्रकार महासंघका केन्दीय सदस्य नवराज पथिक, जिल्ला अध्यक्ष दिपक घिमिरे लगाएतले कार्यक्रममा आफ्ना भनाई राखेका थिए ।

मानव अधिकार एलाइन्सको ५ औं जिल्ला अधिबेशनको अवसरमा पत्रकार महासंघको गत मंसिर २८ गते भएको निर्वाचनमा निर्वाचित जिल्ला कार्यसमिति, केन्दीय सदस्य, प्रदेश सदस्य, केन्दीय परिषद सदस्य, प्रदेश परिषद सदस्यहरुलाई स्वागत, बधाई तथा शुभकामना सहित सम्मान गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button