सरकारी वनकै रुख हुन्छन् किनवेच

रामेछाप । रामेछाप जिल्लाका विभिन्न स्थानका सरकारी वनहरुमा रहेका रुख तथा घाँसहरु व्यक्तिहरु विच किनबेच हुने गरेका छन् ।
जिल्लाका दुर्गम गाउँका घना जंगलहरुमा रहेका रुख तथा घाँसहरु स्थानीय टाठाबाठाहरुले कव्जा गरेर विक्रि गर्ने गरेका हुन् । जंगलको विचमा सानो टुक्रा जमिन आफ्नो नाममा नापी गराएका स्थानीय टाठाबाठाहरुले त्यहि नापी गराएको जमिनको वरिपरीको ठुलो क्षेत्रलाइ कब्जा गरेर गाउँकै कमजोर आर्थिक अबस्था भएकाहरुलाई रुख तथा घाँसहरु विक्रि गर्ने गरेका हुन् ।
रामेछाप जिल्लाको उच्च पहाडि क्षेत्रका घना जंगलहरुमा यसरी जंगल भित्रको रुख तथा घाँसहरु विक्रि हुने गरेका छन् । सरकारी जंगलको रुख तथा घाँसहरु विक्रि हुँदा समेत सम्बन्धित निकाय भने मौन छ । गाउँका स्थानीयहरु भने बर्षौंदेखी आफुहरुले यसैगरी सरकारी वनको घाँस, दाउरा किनवेच गर्दै आएको बताउँछन् । आफ्नो गाउँको जंगलमा रहेको रुख तथा घाँस बर्षौ अगाडिदेखी किनवेच हुँदै आएको उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरका हिरालाल श्रेष्ठले बताए ।
गुप्तेश्वरको जंगलमा बढी जस्तो खश्रुको घाँस विक्रि हुने गरेको र यसको नियमनमा संबन्धित निकायको ध्यान नगएको अर्का स्थानीयले बताए ।
जंगलको विचमा केहि जमिन आफ्नो नाममा नापी गराएका गाउँका टाठाबाठाहरुले नापी गराएको जग्गाको वरिपरिको सयौं रोपनी जमिन कव्जामा लिएर त्यहाँको सम्पूर्ण रुख तथा घाँसहरु प्रयोग गर्ने तथा बढि भएको घाँस दाउरा बिक्रि गर्ने गरेको कुरा गाउँलेहरु बताउँछन् ।
गाउँमा आफ्नो जमिन कम भएका किसानहरु भने त्यहि सरकारी जंगलबाट बर्षौं देखी आफुहरु घाँस र दाउँरा किन्न बाध्य भएको बताउँछन् । उनिहरुले उक्त क्षेत्र सरकारी जंगलको हो भन्ने थाहा हुँदा हुँदै पनि बर्षौं अगाडि देखी भोगचलन गर्दै आएकाहरुसंग आफुहरुले किन्न बाध्य हुनु परेको गुनासो गरे ।
रामेछाप डिभिजन वन कार्यालयले भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ । कार्यालयले त्यसरी सरकारी वनको रुख तथा घाँस विक्रि गर्न नपाइने जनाएको छ । डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमा शंकर जैसवाललाई यो विषयमा कुनै जानकारी नै छैन । उनि सार्वजनिक कार्यक्रममा समेत यो विषयमा कुनै जानकारी नभएको बताउँछन् ।यो विषयमा नागरिक स्तरबाट कुरा उठे पनि उनि कुनै प्रतिक्रिया नजनाई मौन बस्नाले उनको पनि मिलेमतो छैन भन्ने कुरामा विस्वस्त हुन सकिने आधार छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button