‘फोनिज’ रामेछापको अध्यक्षमा दोहोरिए श्रेष्ठ

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ दोहोरिएका छन् । शनिवार भएको निर्वाचन घोषणा कार्यक्रममा निर्वाचन संयोजक तथा फोनिजका बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले कुमार श्रेष्ठ पुनः सर्वसम्मत अध्यक्ष बनेको घोषणा गरेका हुन् ।
मन्थली नगरपालिका–८ चिसापानीको गढीमा भएको घोषणा कार्यक्रममा कुमारको नेतृत्वमा पुरानै समितिमा केही पदाधिकारीलाई फेरबदल गर्दै पाँचौँ जिल्ला अधिवेशन सम्पन्न गरेको हो । सो, अधिवेशनबाट उपाध्यक्षमा शान्ता श्रेष्ठ, सचिवमा सुमित्रा लामा (थोकर), सह–सचिव अनिता थापा मगर, कोषाध्यक्षमा सम्मर बहादुर हायु, सदस्यमा कुमार श्रेष्ठ, राज श्रेष्ठ, सम्झना नेवा (खड्की) र विमला श्रेष्ठ निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरेको हो । त्यस्तै संघीय महाधिवेशन प्रतिनिधिमा सुमित श्रेष्ठ, युनिक बिफा घिसिङ र ज्ञानु श्रेष्ठ, प्रदेश अधिवेशन प्रतिनिधिमा नवराज श्रेष्ठ, निरोज श्रेष्ठ, रिता मगर, निशा मोक्तान र स्वतन्त्र मोक्तान चयन भएका छन् ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, वडा–८ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठसहित, पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, जिल्ला अध्यक्ष दीपक कुमार घिमिरे लगायत रामेछापका क्रियाशिल पत्रकारहरूको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।



