मन्थली नगर शिक्षक संघको पाचौं स्थानीय प्रतिनिधि सभामा १६ शिक्षक सम्मानित ।

रामेछाप । नेपाल शिक्षक सङ्घ मन्थली नगर समितिले पाँचौ स्थानीय प्रतिनिधि सभा आज शनिवार सम्पन्न गरेको छ । बागमती प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष डा. टंक प्रसाद दाहाललाई प्रमुख आतिथ्यतामा मन्थली माविको हलमा कार्यक्रम गरेको हो । संघले २०८० को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यालयको नाम राख्न सफल नगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा अध्यापनरत  विभिन्न विषयका १६ जना शिक्षकलाई  विद्यालयमा  राम्रो पठन पाठन गराएको भन्दै सम्मान गरेको हो  ।  सो अवसरमा कार्यक्रमका  प्रमुख अतिथि नेपाल शिक्षक सङ्घ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद दाहालले पठन पाठन देखि समाज विकासको विभिन्न तहमा  शिक्षकहरूको दायित्व   धेरै भएकोले पनि शिक्षकहरूलाई आफ्नो दायित्व पूरा गर्नका लागि ईमान्दार पूर्वक लाग्न आग्रह गरे । त्यसमा पनि उक्त अभियानमा  शिक्षक सङ्घका सदस्यहरू अरू ईमान्दारीताका साथ  क्रियाशील भएर लाग्नुपर्ने पनि प्रमुख अतिथि दाहालले बताए । उनले शुभेच्छुक पार्टी र तिनका भातृ सङ्गठन सँग पनि शिक्षक सङ्घको  अपेक्षा रहेकोले सो कुरामा पनि शिक्षक सङ्घका साथीहरूलाई जिम्मेवार पूर्वक अघि बढ्न आग्रह गरे ।   
कार्यक्रममा नेपाल शिक्षक सङ्घ बागमती प्रदेशकी महिला उपाध्यक्ष कमला थापाले संघको काममा निखार आएमा मात्र सङ्घको भूमिका दर्बिलो हुने बताइन् । सो अवसरमा उनले त्यसका  लागि सङ्घका सदस्य साथीहरूलाई एकजुट भएर काम गर्न पनि आग्रह गरिन् । सो अवसरमा नेपाली काँग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठले शिक्षक संघका साथीहरूलाई उँचो मनोबलका साथ काममा लाग्न आग्रह गरे । उनले  शिक्षक सङ्घका साथीहरूको  सबै खाले समस्या समाधान गर्न पार्टीले कुनै पनि कसुर बाँकी नराख्ने  बताए ।नेपाल शिक्षक सङ्घ मन्थली नगरपालिकाका अध्यक्ष भीम बहादुर नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष लक्ष्मण कुमार  घिमिरे, संघका जिल्ला सह–सचिव राजकुमार खड्का मन्थली १ का वडा अध्यक्ष होम प्रसाद पौडेल, वडा नं ४ का वडा अध्यक्ष राजन घिमिरे, नेपाली काँग्रेस मन्थली नगर कार्यसमितिका  सचिव रमेश काफ्ले, नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपक घिमिरे , नेपाल प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ लगायतका वक्ताहरूले पनि प्रतिनिधि सभाको शुभकामना व्यक्त  गदै सम्मानित शिक्षकहरूलाई बधाई व्यक्त गरेको थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button