१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

रामेछाप । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार (भोलि) देखि मन्थलीमा सुरु हुने भएको छ ।
तीन दिन सम्म मन्थली नगरपालिकाको व्यवस्थापन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालन हुने रनिङ शिल्डमा ६६ वटा स्वर्ण पदकको लागि आठ स्थानीय तहका ७ सय ३९ जना छात्र, छात्राले प्रतिस्पर्धा गर्ने र सबै पालिका स्तर बाट प्रशिक्षक र व्यवस्थापक गरि ८९ जना सहभागी हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार सोमबार दिउँसो १ बजे बागमती प्रदेशका सांसद एवं प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्घाटन गर्नु हुने छ ।
आइतबार बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठसहितको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु र कराँते विधामा प्रतिस्पर्धा हुने जानकारी दिएका छन् ।
समितिका अनुसार जिल्ला समन्वय समितिको प्राङ्गणमा कार्यक्रम उद्घाटन भई भलिबल, कबड्डी, मार्सल आर्टका खेल हने र ऐथ्यलेटिक्सका खेल भने नागकन्या माविको हटेचौर मैदानमा हुने छ ।
१९ लाख २२ हजार २ सय खर्च हुने अनुमान गरेको जिल्ला स्तरीय रनिङ शिल्ड संचालन गर्न मन्थली नगरपालिकाले १२ लाख रुपैयाँ दिने निर्णय गरेको आयोजक को भनाई छ ।
१२ लाख रुपैयाँ आर्थिक सहयोग गर्न लागेको र त्यसले अपुग भए थप सहयोग गर्न मन्थली नगरपालिका तयार रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले प्रतिबद्धता जनाए ।
रनिङ शिल्ड विजेतालाई विगतको भन्दा बढाएर नगद ३० हजारसहित शिल्ड, टफ्रि, मेडल र प्रमाण पत्र उप विजेतालाई नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान प्रदान गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु श्रेष्ठले बताए । उनका अनुसार मार्च पास विधामा पहिलो, दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँद्वारा पुरस्कृत गर्ने बताइएको छ ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूको व्यवस्थापनको लागि सबै तयारी पूरा भएको जानकारी दिँदै समितिका अध्यक्ष कार्कीले भने विगतको भन्दा थप सुधार गरेर निर्विवाद गर्ने गरी खेल खेलाउने तयारीमा रहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले नियम र अनुशासनमा रहेर खेल खेल्नु पर्नेमा जोड् दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button